काठमाडौँ- नेपाली कांग्रेसका निलम्बित सांसद तथा पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश गरेको छ।
टेरामक्स खरिदमा भएको भ्रष्टाचार प्रकरणमा न्यायाधीश तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बस्नेतलाई धरौटीमा छाड्न आदेश गरेको हो।
बस्नेत आइतबार अदालतमा उपस्थित भएपछि आजै उनको बयान लिइ थुनछेक बहस भएको थियो।
