काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
मंगलबारबाट लागू हुने गरी निगमले मूल्य वृद्धि गरेको हो।
निगमले पेट्रोलमा ५ रुपैयाँ र डिजेल/मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाएको छ।
त्यस्तै आन्तरिक हवाई इन्धनमा ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर ६० डलर मूल्य बढाइएको निगमको विज्ञप्तिमा उल्लेख छ।


