काठमाडौं- सरकारले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका लागि ८७ अर्ब ८५ करोड बजेट विनियोजन गरेको छ।
ऊर्जाको विकास तथा प्रवद्धनका लागि विभिन्न जलविद्युत परियोजना विकास तथा प्रवर्द्धन, हरित अर्थतन्त्र तथा स्वच्छ ऊर्जा विकासका लागि उक्त बजेट विनियोजन गरिएको अर्थमन्त्रीले डा प्रकाशशरण महत बताएका छन्।
जलाशययुक्त जलविद्युत परियोजनाको विकास, आगामी दुईवर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याउने, राष्ट्रिय प्रसारण लाइन नपुगेका दूर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधि विस्तार गर्ने लगायतका कार्यक्रम बजेटमा राखिएका छन्।
आगामी आर्थिक वर्ष राष्ट्रिय प्रशारण लाइनमा ९ सय मेगावट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने बजेटमा उल्लेख गरिएको छ। यस्तै कर्णालीका १० वटै जिल्लामा एकिकृत सिंचाई विकास आयोजना संचालन गरिने बजेटमा उल्लेख छ।


