२०८३ कार्तिक ११ गते मङ्गलबार

म्याद थपमा मात्रै आक्रामक छ मुग्लिन-पोखरा

 |  कविता घिमिरे
Sanket

कविता घिमिरे

काठमाडौँ, असार १८
Muglin Pokhara Highway.-1826

काठमाडौँ- मुग्लिन-पोखरा सडक खण्ड विस्तारको कामका लागि पटक-पटक म्याद थपिएपनि निर्धारित समयमा नसकिने भएको छ। सडक विस्तारको काम सम्पन्न नभएपछि यसपालि पनि यात्रुहरूले सडकमा कष्ट खेप्नुपर्ने भएको छ।

यो सडकलाई दुई खण्डमा विभाजन गरी विस्तारको काम थालिएको थियो। पूर्वी खण्डमा ८५ प्रतिशत र पश्चिम खण्डमा ५४ प्रतिशत भौतिक प्रगति भएको छ। पूर्वी खण्डको म्याद सकिन १० दिन बाँकी छ भने पश्चिम खण्डको म्याद ६ महिना बाँकी छ। दुवै खण्ड म्याद भित्र नसकिने निश्चित छ।

तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको दुई लेन सडकलाई चार लेन र बजार क्षेत्रमा ६ लेनमा विस्तार गर्नुपर्ने यो आयोजना निर्माण कम्पनीले समय र लागत पनि थप देखाउँदै आएको छ।

पूर्वी खण्डको काम २०८१ वैशाखभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको यो खण्डमा तीन पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। यसको अन्तिम म्याद यही असार २९ गते सकिँदै छ।

पश्चिम खण्ड अन्तर्गत जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा पुस १६ गतेसम्ममा काम सक्नुपर्ने छ। तर उक्त अवधिमा पनि उक्त काम सम्पन्न नहुने निर्माण कम्पनीले बताउँदै आएको छ।

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.११ किलोमिटर सडक कालोपत्र बनाउने काम भएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। ‘यो खण्डमा चार लेनको मुख्य सडकको कालोपत्र सकिएको छ। पहिलो र दोस्रो तहको कालोपत्रे गरिएको छ,’ उनले भने, ‘बाहिरबाट हेर्दा सम्पन्न भएजस्तो देखिए पनि अन्य केही काम भने बाँकी छन्। मादी नदीको पुल र त्यसको करिब ५–६ सय मिटर सडकखण्डको काम बाँकी छ।’

यो सडक खण्डमा निर्माण गर्नुपर्ने १८ वटा मोटरेबल पुलमध्ये १७ वटा निर्माण सम्पन्न भएका छन्। आवश्यकता अनुसार कल्भर्ट निर्माण भएका छन्। मादी नदीको पुल भने निर्माणकै चरणमा छ। पुलमा छुट्टै निर्माण कम्पनीले काम गरिरहेको छ।

पाण्डेका अनुसार यस सडक खण्डमा रोड मार्किङ, ट्राफिक सङ्केत र सेफ्टी ब्यारियर जडानका कार्य भइरहेका छन्। मादी खोलामा पुल निर्माणको काम भइरहेकाले सो छेउछाउको केही सडक कालोपत्रे गर्न भने बाँकी रहेको छ।

‘१७ पुलमध्ये तीनवटा ठूला (मेजर) र १४ वटा साना (माइनर) पुल छन्। सडक पनि लगभग सम्पन्न भइसक्यो। अब केही फाट्टफुट्ट काम मात्र बाँकी छन्,’ उनले भने।

यो सडक खण्ड विस्तारका लागि २०७७ माघ १७ गते चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा सम्झौता भएको थियो। सम्झौता भएको तीन महिनापछि २०७८ वैशाख २ गतेदेखि विस्तार कार्य सुरु भएको थियो।

२०२६ सालमा रेखाङ्कन भएको यो सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक विस्तार थालिएको हो। यस खण्डमा डुम्रे र दमौली बजारमा ६ लेन तथा राजमार्गमा ४ लेनको सडक निर्माण गरिएको छ।

हालसम्म ३६ किलोमिटर एकतर्फी सडक कालोपत्रे भएको पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार एकतर्फी सडकमा १५ सय मिटर कालोपत्रे हुन बाँकी छ।

यस्तै, २६ किलोमिटर चार लेन सडक कालोपत्रे भएको छ भने अब १२ किलोमिटर चार लेन सडक कालोपत्रे हुन बाँकी छ।

२०७८ जेठ ३ गते भएको सम्झको भएको दोस्रो २०८१ भदौ १२ गतेभित्र काम सम्पन्न गर्नुपर्ने थियो, तर सो अवधिमा काम नसकिएपछि म्याद थपिएको थियो।

पहिलोपटक १०१ दिन र दोस्रोपटक ३९० दिन म्याद थपिएसँगै अब काम सक्ने अन्तिम मिति २०८२ पुस १६ गते तोकिएको छ।

पश्चिम खण्डमा पर्ने १२ वटा पुलमध्ये १० वटा निर्माण सम्पन्न भएका छन्। एउटा सम्पन्न हुने चरणमा छ भने अर्को एउटा पुल निर्माण हुन अझै समय लाग्ने देखिएको छ। एक सय कल्भर्टमध्ये ९२ वटाको निर्माण सकिएको छ।

‘सडकको मुख्य काम सम्पन्न हुन्छ, तर सर्भिस लेन, फुटपाथ र सुरक्षाका कामहरू यो अवधिमा नसकिन सक्छन्। हाम्रो लक्ष्य चार लेन सडक र सर्भिस लेनको काम सक्ने हो,’ कुँवर भन्छन्, ‘सर्भिस लेन बनाउन सुरु भइसकेको छ। २५ सय मिटर बनिसक्यो तर अहिले वर्षाले गर्दा निर्माणमा अवरोध छ । कालोपत्रेको काम लगभग ठप्प छ।’ हाल नाली र संरचना निर्माणको काममा बढी केन्द्रित भएको उनको भनाइ छ।

प्रकाशित: २०८२ असार १८ गते बुधबार १२:४८
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना