काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ लागि १७ खर्ब ५१ अर्बको बजेट ल्याएको छ।
कुल बजेटमध्ये पुँजीगत खर्च तर्फ ३ खर्ब २ अर्ब, वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ल्याइएको छ।
१२ खर्ब ४८ अर्ब राजस्व उठाउने लक्ष्य बजेटको छ। ४९ अर्ब विदेशी अनुदान सहायता लिने लक्ष्य राखिएको छ।
यस्तै वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब र २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट संकलन गर्ने लक्ष्य राखिएको छ।


