काठमाडौं- आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले नेपाल दुरसञ्चार कम्पनी र नेपाल वायु सेवा निगमको सेयर विनिवेश गर्ने भएको छ।
उक्त सरकारी कम्पनीको निश्चित प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गरिने बजेटमा उल्लेख गरिएको छ।
यस्तै अन्य सार्वजनिक संस्थानहरुलाई पनि कम्पनी मोडलमा विकास गरिने बजेटमा उल्लेख गरिएको छ।


