काठमाडौँ- नेपाली सेनाका सहायक रथी रविन्द्र खत्री उपरथीमा बढुवा भएका छन्।
मन्त्रिपरिषद् बैठकले यही असार १३ गते उनलाई उपरथीमा बढुवा गरेको हो।
सैनिक मुख्यालयमा शुक्रबार (आज) एक कार्यक्रमबीच खत्रीलाई प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरे।
उपरथी खत्रीलाई सेनाले उपत्यका पृतना काठमाडौंको पृतनापतिमा जिम्मेवारी दिएको छ।
दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रमम सेनाका उच्च अधिकारीहरु सहभागी भएका थिए।
