२०८३ साउन १३ गते बुधबार

हर्क साम्पाङको श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार, सामसुम पार्ने प्रयास विफल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २०
shram_dan

काठमाडौँ– धरानमा १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ४९ वर्षीय खगेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ। धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा धरान-१६ मा भएको श्रमदानका बेला बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा पीडितका परिवारले खगेन्द्रविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

किटानी जाहेरीपछि धरान–१७ पृथ्वीचोकका राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले जानकारी दिए। धरान बहुभाषिक पाठशाला निर्माणको श्रमदान चलिरहेको बेला बालिकामाथि यौन दुर्व्यवहार गरेको राईमाथि आरोप छ।

पक्राउ परेका राई श्रमदाताहरूलाई खाना पकाउने काममा खटिएका थिए भने बालिका आफ्नी आमासँग श्रमदानमा आएकी थिइन्। त्यही क्रममा राईले बालिकालाई फकाएर दुर्व्यवहार गर्न खोजेको आरोप छ। घटना भएको बेला मेयर भने नभएको बताइएको छ।

पीडकलाई भगाउन सहयोग गरेको भन्दै अन्य दुई जनाविरुद्ध पनि किटानी जाहेरी परेको छ। श्रमदाता कुन्दन श्रेष्ठ र समीर तामाङविरुद्ध किटानी जाहेरी परेको प्रहरीले जनाएको छ। घटनाको दिन राईलाई पीडितकी आमाले कुटपिटसमेत गरेकी थिइन्।

त्यतिबैले पीडित परिवारका सदस्यले प्रहरीलाई बोलाउन खोजे पनि श्रेष्ठले विषय सामान्य भएको र छारीमान्छेकै इज्जत जाने भन्दै रोकेका थिए।

‘हामीले प्रहरी बोलाउन खोज्दा कुन्दन श्रेष्ठले श्रमदाता मानसिक रोगी हुन्, यस्तालाई कुटेर केही फाइदा छैन, उल्टै बच्चीको बदनाम हुन्छ। छोरी मान्छे हो, पछि बिहे नहुन पनि सक्छ, यस्तो कुरा लुकाउनु पर्छ,’ श्रेष्ठको भनाइ उद्धृत गर्दै पीडित परिवारका सदस्यले भने।

पाठशालामा क्षेत्र खोलाले कटान गरेपछि मेयर साम्पाङको नेतृत्वमा तारजाली लगाउन श्रमदान अभियान चलिरहेको छ। उपभोक्ता समिति बनाएर बिल लगिएपछि उपमेयर आइन्द्रविक्रम बेघाले रकम निकासा रोक्दा यहाँको श्रमदान विवादमा समेत परेको थियो। यही विषयले मेयर–उपमेयरको विवाद बढेपछि धरानले नयाँ आर्थिक वर्षको लागि बजेट समेत ल्याउन सकेको छैन।

बालिकामाथि यौन दुर्व्यवहारको विषय सामसुम बनाइएको भएपनि धरान-१६ मा प्रहरी चौकी भवन निर्माणमा अवरोध भएपछि घटना बाहिरिएको हो।

प्रदेश सरकारको लगानीमा धरान-१६ बहुभाषिक पाठशालासँगै निर्माण भइरहेको प्रहरी चौकी भवनको निर्माण रोक्न मेयर साम्पाङले कोशी प्रदेश सरकार भौतिक योजना मन्त्रालयमा पत्राचार गरेका थिए।

उनका समर्थकहरूले निर्माणस्थलमा ताला लगाए। प्रहरी चौकीको भवन निर्माण रोक्न मेयर साम्पाङ र उनका समर्थकहरूले अवरोध गरेपछि स्थानीयले श्रमदाताका नाममा आफूहरूले अन्याय सहनु परेको बताएका थिए। सोही क्रममा यौन दुर्व्यवहार भएको विषय उठेको थियो।

यता मेयर साम्पाङले दुई महिना पुरानो घटनालाई अहिले बाहिर ल्याएर श्रमदानलाई बदनाम गर्न खोजिएको आरोप लगाएका छन्।

गत शुक्रबार यो घटना बाहिर आएसँगै साम्पाङले फेसबुकमा स्टाटस लेख्दै घटना प्रमाणित भए आफूले कारबाही गर्ने बताएका थिए। साथै, उनले चेतावनी दिँदै भनेका थिए, ‘यदि यस्तो होइन रहेछ भने आरोप लगाउनेले माफी मागेर कसले यस्तो भन्न लगाएको हो बाहिर ल्याइदिनुपर्छ,’ साम्पाङको स्टाटस थियो।

तर यो स्टाटस विवादित भएपछि साम्पाङले हटाएका थिए। तर यस विषयमा अहिले उनी नयाँ प्रष्टीकरण दिइरहेका छन्। बिहिवार मात्र फेसबुक लाइभमा आएर उनले यस सम्वन्धमा आफ्नो भनाइ राखेका थिए।

यौन दुर्व्यवहार जस्तो अपराधमा मेयर आफैँले सुनुवाइ गर्ने भनेर दबाब दिएपछि न्यायका लागि प्रहरी गुहारेको पीडितका परिवारको भनाइ छ। धरान १६ का वडाअध्यक्ष मुरारी भट्टराईले मेयरले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर कारबाहीको चेतावनी दिएको बताए।

प्रकाशित: २०८२ असार २० गते शुक्रबार ०४:०२
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना