काठमाडौँ– आइतबार एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ।
बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बस्ने तय भएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए।
बैठकमा पतञ्जली जग्गा प्रकरणमा अध्यक्षा माधवकुमार नेपालमाथि लागेको भ्रष्टाचार मुद्दा लगायत समसामयिक राजनीतिक विषय र नेत्री रामकुमारी झाँक्रीको स्पष्टिकरणबारे छलफल हुने बताइएको छ।
अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि झाँक्रीले अर्ली महाधिवेशन गरेर अध्यक्ष फेर्नुपर्ने बताएकी थिइन्। ‘सिनो बोकेर हिँड्न नसक्ने’ उनको अभिब्यक्तिपछि पार्टीभित्र उनको चर्को आलोचना भएको छ।


