काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले हामीभित्र नेपाल भए मात्र नेपाली रहिरहने बताएका छन्।
७९औँ जन्मदिनका अवसरमा पत्रकारहरूसँग निर्मल निवासमा कुराकानी गर्दै पूर्वराजा ज्ञानेन्द्रले यस्तो बताएका हुन्।
उनले नेपालमा जन्मेर मात्र नेपाली हुन नसक्ने बताउँदै भने, ‘हामीभित्र नेपाल हुनुपर्छ अनि हामी नेपाली हुन्छौँ।’
उनले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय आएको समेत उल्लेख गरे।
उनले अहिलेको समय वर्षाको समय भएकाले यो बेला बाढी, पहिरो डुबानजस्ता समस्या हुने भन्दै सचेत रहन आग्रह गरेका थिए।
उनले आफ्नो जन्मदिनमा शुभकामना दिन आउनेलाई पनि धन्यवाद दिएका थिए।


