चीनतर्फ भारी वर्षा भएसँगै भोटेकोशी नदीमा एक्कासि ठुलो बाढी आउँदा सीमामा अवस्थित मितेरी पुल बाढीले बगाएको छ। बाढीका कारण रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भएको छ।
लेदोसहितको ठुलो बाढीले नेपाल चीन जोड्ने मितेरी पुल बगाउनुका साथै भन्सार पासका लागि तयारी अवस्थामा रहेका गाडीहरू बगाएको स्थानीय प्रशासनले बताएको छ।
नदी किनारमा रहेको भन्सारको यार्ड (ड्राइपोट)मा बाढीले व्यापक क्षति गरेको छ। त्यहाँ रहेका करिब १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार क्षतिको पुरै विवरण आइसकेको छैन।


