काठमाडौँ- नेपाल–चीन सीमानाको लेन्डे खोला हुँदै भोटेकोशी नदमिा आएको बाढीमा फसेका थप ५ जनाको नेपाली सेनाको उद्धार टोलीले सुरक्षित स्थानमा लगेको छ।
रसुवा जिल्लाको गोसाईकुण्ड–२, टिमुरेबाट ५ जना व्यक्तिलाई अन्य सुरक्षा निकाय र स्थानीयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गरेको नेपाली सेनका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।
यसअघि सेनाले २३ जनाको उद्धार गरेको थियो।


