काठमाडौँ- गएराति लेन्दे खोलामा आएको बाढीले रसुवागढी नाकास्थित मितेरी पुल बगाएपछि चीनतर्फ अड्किएका ३८ नेपालीको उद्धार गरिएको छ। रसुवागढी नाकापारि चीनतर्फ रहेका ३८ जनालाई वैकल्पिक बाटोबाट नेपाल पठाउन लागिएको हो।
चीनको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाका अनुसार उनीहरूलाई सुरक्षित बाटोबाट नेपाल पठाउने तयारी छ।
यस्तै मानसरोवर यात्रामा निस्किएका व्यक्तिहरूलाई पनि सुरक्षित नाकाबाट फिर्ता पठाइने महावाणिज्यतदूतावासले पहल गरेको निरौलाले जानकारी दिए।


