काठमाडौँ- नेपाली कांग्रेसका सांसद पूर्णबहादुर (कान्छाराम) तामाङले तीन महिनाको तलव प्रधानमन्त्री राहत कोषमा प्रदान गर्ने घोषणा गरेका छन्।
बाढीपहिरोको उद्धार तथा राहतका लागि तामाङले तीन महिनाको तलब सुविधा दिने घोषणा गरेका हुन्।
प्रतिनिधि सभा अन्तरर्गतको अर्थ समितिमा बोल्दै रसुवागढीमा आएको बाढीको पुनः निर्माण र राहतको लागि दिने घोषणा गरेका हुन्।
रसुवागढीमा मंगलवार आएको बाढीले प्रभावित क्षेत्रमा खर्च गर्नको लागि कोषमा तीन महिनाको तलब जम्मा गर्न प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको समितिलाई जानकारी दिए।
तामाङ रामेछापका सांसद हुन्। यसअघि तामाङ सरकारको ऊर्जाराज्यमन्त्री थिए। तर प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बर्खास्त गरेका थिए।
नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीले उनलाई बर्खास्त गरेका थिए। ओली सरकारले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणमा ल्याएको थियो। यो निर्णयमा तामाङले असन्तुष्टि जनाएका थिए।


