२०८३ कार्तिक २५ गते मङ्गलबार

हास्यव्यंग्य निबन्धकार भैरव अर्यालका छोराले सम्हाले त्रिवि उपकुलपतिको कार्यभार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २५
bhairav_deepak
बाबु भैरव अर्याल (बायाँ) र छोरा दीपक अर्याल (त्रिविको उपकुलपतिका रूपमा कुलपति केपी शर्मा ओलीसँग शपथ लिँदै)।

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले कार्यभार सम्हालेका छन्। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट सपथ लिएलगत्तै कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय पुगेर उनले कार्यभार सम्हालेका हुन्।

सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले उपकुलपतिका लागि अर्यालसहित खड्ग केसी र प्राडा विनिल अर्यालको नाम सिफारिस गरेको थियो।

चैत १५ गते त्रिवि उपकुपतिबाट प्राडा केशरजंग बरालले राजीनामा दिएपछि पद रिक्त बनेको थियो।

२०५२ सालमा शिक्षण सहायकबाट त्रिविमा प्रवेश गरेका अर्याल ३० वर्षपछि २०८२ मा त्रिविकै उपकुलपति बनेका हुन्।

२०५४ सालमा उपप्राध्यापक भएका अर्याल २०७६ सालमा प्राध्यापक बने।

सन् २०१६ देखि २०२४ सम्म उनले जल तथा मौसम विज्ञान केन्द्रीय विभागको विभागीय प्रमुखको जिम्मेवारी सम्हाले। अर्याल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पनि हुन्।

सन् १९९७ मा त्रिभुवन विश्वविद्यालयबाट मौसम विज्ञानमा स्नातकोत्तर तहमा प्रथम श्रेणीमा प्रथम स्थान हासिल गरेर तत्कालीन राजाबाट महेन्द्र विद्या भूषण ‘ख’ पदक प्राप्त गरेका थिए।

जापान सरकारको प्रतिष्ठित मोन्बुशो छात्रवृत्ति अन्तर्गत सन् २००० मा जापानको नागोया विश्वविद्यालयबाट पनि वायुमण्डलीय विज्ञानमा स्नातकोत्तर गरे। पछि उनले त्रिभुवन विश्वविद्यालयबाटै सन् २०१६ मा मौसम विज्ञानमा विद्यावारिधि उपाधि हासिल गरेर राष्ट्रपतिबाट नेपाल विद्या भूषण ‘क’ पदकद्वारा सम्मानित भए।

अर्याल चरम मौसमी घटना, वायुप्रदूषणको गतिशीलता र पर्वतीय क्षेत्रको मौसम प्रणालीका विशेषज्ञ हुन्। उनी नेशनल जियोग्राफिक सोसाइटी, रोलेक्स र त्रिभुवन विश्वविद्यालयको संयुक्त पहलमा सगरमाथा क्षेत्रमा विश्वकै सबैभन्दा अग्लो स्थान (८८०० मिटरसम्म) मा स्वचालित मौसम केन्द्रहरूको सञ्जाल स्थापना गर्ने टोलीका प्रमुख सदस्य रहेका थिए।

उपकुलपतिमा प्राडा अर्याल हास्यव्यंग्य निबन्धकार स्व. भैरव अर्यालका जेठा छोरा हुन्। भैरव अर्याल हास्यव्यंग्य निबन्धको क्षेत्रमा सुपरिचित नाम हो।

प्रकाशित: २०८२ असार २५ गते बुधबार १०:१३
प्रतिक्रिया

थप समाचार

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...

कोप-३१ मा पर्वत र जलवायुलाई छुट्टै एजेन्डा बनाउन नेपालको प्रस्ताव

नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए। तर, टर्कीको अन्ताल्यामा चलिरहेको सम्मेलनमा किर्गिस्तान, नेपाल...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना