काठमाडौँ- स्वर्गीय उद्योगपति विश्वनाथ केडियाको जीवनीमा आधारित पुस्तक ‘अथक शान्त साधक : विश्वनाथ केडिया’ विमोचन भएको छ। २०८० जेष्ठ ११ गते होटल मेरियटमा उपराष्ट्रपति रामसहाय यादवले पुस्तक विमोचन गरेका हुन्।
उपराष्ट्रपति यादवले स्व. केडियाले देश र समाजको लागि पुर्याउनु भएको योगदान उल्लेखनीय रहेको बताए। शिक्षा र स्वास्थ्यको क्षेत्रमा यथेष्ट कार्य गरेका केडियालाई भावी पिडीले अनुकरण गर्दै जाने विश्वास व्यक्त गरे।
समारोहमा पुस्तक सम्पादक आरपी भट्टराईले पुस्तकबारे संक्षिप्त चर्चा गरेका थिए। स्व. केडियाको जीवनमा आधारित ५ मिनेटको श्रव्य दृष्य सामग्री प्रदर्शन पनि गरिएको थियो।
सामारोह स्व. केडियाका दाजु तथा केडिया अर्गनाइजेशनका अध्यक्ष तारा चन्द केडियाको सभापतित्वमा सम्पन्न भएको थियो।
विमोचन समारोह कार्यक्रमको संचालन पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले गरेकी थिइन्।



