२०८३ कार्तिक १६ गते आईतबार

सर्वोच्चको फैसलामाथि पूर्वन्यायाधीशको कडा आपत्ति, कार्यकारीको निरंकुशता बढाउन मद्दत गरेको आरोप

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २६
supreme_hammer

काठमाडौँ- विभिन्न संवैधानिक निकायमा नियुक्त भएका ५२ पदाधिकारीको नियुक्ति सदर गर्ने सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलामाथि पूर्व न्यायाधीश फोरमले आपत्ति जनाएको छ। विभिन्न मितिमा संसदीय सुनुवाइको प्रक्रिया नै पूरा नगरी संवैधानिक निकायमा नियुक्ति गरिएकाहरूलाई २०८२ असार १८ गतेको संवैधानिक इजलासले सदर गर्ने फैसला गरेकोप्रति पूर्वन्यायाधीशहरूले आपत्ति जनाएका हुन्।

‘असंवैधानिक अध्यादेशको आधारमा संवैधानिक पदाधिकारीहरुमा भएको नियुक्तिलाई संवैधानिक इजलासले सदर गरको छ,’ फोरमका अध्यक्ष टोपबहादुर सिंहले असार २६ गते जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो आदेशले कार्यकारिणी निरंकुशता बढाउनमा मद्दत पुर्‍याउनका साथै संवैधानिक सर्वोच्चताको मान्यतालाई धराशायी गरेको छ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिर ३० गते र २०७८ वैशाख १० गते अध्यादेश जारी गरी ५२ जनाई विभिन्न संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस गरेका थिए। संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) प्रथम संशोधन अध्यादेशबाट संवैधानिक परिषदको आवश्यक गणपूरक संख्यामा नै संशोधन गरिएको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरूमा पनि पूर्वन्यायाधीश फोरमको आपत्ति छ। विधायिकाले बनाउनु पर्ने कानुन कार्यपालिकाले आफूखुशी व्यवस्था गरी बनाएको र त्यसकै आधारमा संवैधानिक आयोगहरूमा नियुक्ति दिएको भन्दै पूर्वन्यायाधीशरूले आपत्ति जनाएका छन्।

‘विधायिकाले विधायिकी शक्ति प्रयोग गरी जारी भएको ऐनलाई कार्यकारिणी अधिकार अन्तर्गत जारी भएको अध्यादेशबाट संविधान र ऐनको मर्म विपरित गणपूरक संख्यासमेत घटाउन मिल्दैन। त्यसरी गणपूरक संख्या घटाउने गरी जारी गरिएको अध्यादेशले संवैधानिक एवम् विधायिकी उद्देश्य नै समाप्त गरेको छ,’ फोरमको विज्ञप्तिमा उल्लेख छ।

संसदीय सुनुवाइको प्रक्रिया पनि पूरा नगरेका संवैधानिक आयोगका पदाधिकारीहरूको नियुक्तिलाई सदर गरिएकोमा पनि पूर्वन्यायाधीशहरुको आपत्ति छ। यसले संविधानको व्यवस्थालाई नै निस्तेज पारेको उनीहरूको आरोप छ।

‘नेपालको संविधानको धारा २९२(१) मा उल्लेख भएको संसदीय सुनुवाईसम्बन्धी बाध्यात्मक व्यवस्थालाई निस्तेज गर्ने अधिकार विधायिकाले प्राप्त गर्न सक्दैन,’ फोरमको विज्ञप्तिमा भनिएको छ, ‘संविधानको उक्त धारामा नै प्रतिबन्ध लगाएको भनी गरिएको व्याख्या र संसदीय नियमावलीलाई संविधानको हैसियतमा राख्नेगरी गरिएको व्याख्या त्रुटिपूर्ण र गलत छ।’

संवैधानिक इजलासले गरेको फैसला पनि अस्पष्ट भएको पूर्वन्यायाधीशरूको भनाइ छ। उक्त फैसला संवैधानिक पदाधिकारीहरुको नियुक्ति सदर गरी रिट निवेदन खारेज गरिएको बहुमत वा अल्पमत के हो नछुट्टिएको समेत उनीहरुको भनाइ छ। संवैधानिक इजलासका ५ जनामध्ये एक जना न्यायाधीशले संसदीय सुनुवाईको अनिवार्यतालाई स्वीकार, दुई जनाले रिट जारी हुने र दुई जना न्यायाधीशले रिट खारेज हुने राय दिएका थिए। यी रायहरूले परस्परमा विरोधाभाषपूर्ण भई अन्यौल सिर्जना गरेको उनीहरूले बताएका छन्। रिट खारेज हुने राय दिनेमा न्यायाधीशत्रय मनोजकुमार शर्मा, कुमार चुडाल थिए। सपना प्रधान मल्लले संसदीय प्रक्रिया पूरा गर्नुपर्ने राय दिएकी थिइन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीले नियुक्ति खारेज गर्नुपर्ने राय दिएका थिए।

पूर्व न्यायाधीश फोरमका सचिव युवराज सुवेदीले संवैधानिक इजलासको फैसलाले शक्ति पृथकीकरणको सिद्धान्तलाई जोगाउन नसकेको टिप्पणी गरे। न्यायपालिकाले आफ्नो स्वतन्त्रता आफैँले जोगाउनु पर्ने भएपनि सर्वोच्च अदालतको उक्त फैसलामा राजनीतिक छाया परेको आभास भएको उनको भनाइ छ। ‘अदालतको १८ गतेको निर्णय आदेशले न्यायपालिकाको स्वतन्त्रता स्वयं सर्वोच्च अदालतले रक्षा गर्न नसकी न्यायपालिका उपर राजनीतिको छाया पार्न सघाएको आमधारणा रहेको हामीले आभाष गरेका छौँ,’ उनले भने। संवैधानिक इजलासले रिट निवेदनहरूलाई गम्भीरतापूर्वक ध्यान नदिएको पनि उनको भनाइ छ।

यसका साथै संवैधानिक इजलासले यो मुद्दामा फैसला गर्न पटकपटक सारेका कारणले पनि यसमा राजनीतिक छाया परेको आभास भएको उनीहरुको भनाइ छ। यसरी समयमा नै फैसला नआउने र पटकपटक सार्ने काम हुँदा न्यायपालिकाप्रतिको आस्थालाई नै कमजोर पारेको पूर्वन्यायाधीहरूको विज्ञप्तिमा उल्लेख छ। यसतर्फ सचेत नभए न्यायिक मूल्यमान्यता र न्यायकर्मीको सक्षममता प्रश्न उठ्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।

प्रकाशित: २०८२ असार २६ गते बिहिबार ०२:२६
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना