कैलाली- कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ निगालीमा एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको छ।
महिनावारी भएपछि छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजीलाई २८ गते राति सर्पले टोकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
कमलाको बायाँ गालामा रातको समयमा १२:३० बजेतिर सर्पले डसेको थियो। त्यसपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो।
उपचारका क्रममा शनिवार (२९ गते) साँझ ८ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सागर बोहराले बताए।
कमलाका श्रीमान् भारत बस्छन्। तीन सन्तानकी आमा कमला महिनावारी अवस्थामा छाउगोठमा सुतिरहेको अवस्थामा सर्पले टोकेको प्रहरीको भनाइ छ।


