काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेका पक्षमा घरदैलो अभियान गर्ने जनाएको छ।
बिहीबार पार्टी कार्यालय बनस्थलीमा पत्रकार सम्मेलन गरी रास्वपाले पार्टी सभापति लामिछानेविरुद्ध राज्यले प्रतिशोध साँधेको भन्दै चलाएको अभियानमा २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेको जानकारी दिएको हो।
७ असारबाट सुरु भएको अभियान अब गाउँतहसम्मै पु¥याउने रास्वपा नेता दीपक बोहराले जानकारी दिए। जानकारी अनुसार प्रदेश, जिल्ला र पालिकास्तरमा चलेको हस्ताक्षर अभियान साउन ५ गतेबाट जनस्तरसम्म पु¥याउन घरदैलो अभियान सञ्चालन गर्ने पार्टीको तयारी छ।
संगठित सहकारी ठगी प्रकरणमा दोषी ठहर भइ रास्वपा सभापति हाल भैरहवास्थित कारागारमा सजाय काटिरहेका छन्।
लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले हस्ताक्षर संकलन गर्दै आएको छ।
साथै उपचुनाव हुन लागेको रुपन्देही–३ का ३६ वटै वडामा बुथमार्फत अभियान सञ्चालन गर्ने रास्वपाले जनाएको छ।
अब अब नेपाल–भारत सीमा नाकाका मुख्य बिन्दु काकडभिट्टा, रक्सौल, जोगवनी, बेलहिया, जमुनाह, गड्डाचौकीलगायत विभिन्न विमानस्थल, बसपार्क र बढी सार्वजनिक आवागमन हुने क्षेत्रमा ऐक्यबद्धता डेस्क सञ्चालन गर्ने नेता बोहराले जानकारी दिए।
विदेशमा समेत लामिछानेका पक्षमा हस्ताक्षर अभियान सञ्चालन भइरहेको छ।
हस्ताक्षरका अभियानका लागि हालसम्म ४६ लाख १२ हजार ६३७ रुपैयाँ सहयोग प्राप्त भएको रास्वपाले जनाएको छ। यस अवधिमा ५९ लाख ६७ खर्च भएको भन्दै पार्टीले घाटा व्यहोरिरहेको नेता बोहराको बताए।


