काठमाडौँ- सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई ३ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ प्रहरीलाई अनुमति दिएको हो।
ठगी र आपराधिक लाभको आरोपमा अग्रवाल सोमबार टोखाबाट पक्राउ परेका हुन्।
उनीविरुद्ध धनुषाको जनकपुर उपमहानरपालिका–१ घर भएर काठमाडौँ बस्दै आएका दिनेशप्रसाद शाहले ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोप लगाएका छन्।


