काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच जना नेताहरूमाथि कारबाहीको विषयलाई लिएर पत्राचार गरेको छ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका नेताहरूको विषयमा स्पष्ट पार्न निर्वाचन आयोगले पत्र लेखेको हो।
लिङ्देनले अनुशासन समितिका संयोजक नवराज सुवेदीको ठाउँमा असार २५ मा रोशन कार्कीलाई नियुक्त गरेका थिए। साथै,उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पनि हटाएका थिए। प्रवक्ताबाट सगुन लावतीलाई समेत पदमुक्त गरेका थिए।
अनुशासन समितिका संयोजकको स्थानमा अर्को व्यक्तिलाई जिम्मेवारी दिएपछि त्यस विरुद्ध २९ असारमा असन्तुष्ट पक्ष निर्वाचन आयोग पुगेको थियो।
अध्यक्ष लिङ्देनको निर्णय बदरको माग राख्दै उजुरी दिनका लागि केन्द्रीय अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी, अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, महामन्त्री धवल शमशेर राणा, सगुन लावती लगाएतका नेताहरु आयोग पुगेका थिए।
उनीहरूले लिखित निवेदन दिएपछि आयोगले राप्रपामा पत्राचार गरेको आयोगकी प्रवक्ता सीता पोखरेलले जानकारी दिइन्। ‘आयोगमा पाँच जनाको उजुरी आएपछि यस विषयमा सोध्नलाई पत्राचार गरिएको हो,’ उनले भनीन्


