काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले प्रतिनिधिसभाको बुधबारको बैठक पनि बहिष्कार गरेका छन्।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गर्दै आएका ती दुई दलले यसअघि पनि संसद् बैठक बहिष्कार गर्दै आएका थिए।
आजको बैठक प्रारम्भ भएसँगै दुवै दलका सांसदहरू आफ्नो आसनबाट उभिएर बैठक बहिष्कार गरेका हुन्।
त्यसपछि सभामुख देवराज घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपाका सांसद बिन्दवासिनी कंशाकारलाई बोल्न समय दिए।
उनीहरुले आ–आफ्ना धारण राखिसकेपछि दुवै दलका सबै सांसद बैठकबाट बाहिरिएका थिए।


