२०८३ कार्तिक २५ गते मङ्गलबार

गहिरिँदो कृषि संकटमा मधेश

 |  टीकाराम सुनार
Sanket

टीकाराम सुनार

काठमाडौँ, साउन १३
default
default

तराई मधेशमा न माटो भिजाउने पानी, न जनताको मन शान्त हुने अवस्था। खेतबारी सुक्खा छन्, धानको बीउ ब्याडमै सुक्दैछन्। जेनतेन रोपाइँ गरिएका खेतमा धाँजा फाटेका छन्, किसानमा चिन्ताको धाँजा अझै गहिरिँदै छ।

वर्षायाम अर्थात् जेठ १८ देखि असोजमध्ये आधार समय घर्किसकेको छ, तर अन्नभण्डार मधेशमा अझै ५० प्रतिशत रोपाइँ हुन सकेको छैन। खडेरीले सङ्कटको अवस्था छ। चापाकल सुक्दैछन्, इनार रित्तिँदैछन्। पिउने पानीसमेत ट्याङ्करले बोक्नु परेको छ। यो सङ्कट केवल मधेशका लागि चेतावनी होइन–दुःखद यथार्थ हो।

नागरिकले विगतदेखि नै भोग्दै आएको यस समस्यामा यसपटक सरकारको पनि स्वीकारोक्ति आएको छ। कृषि आधारित ‘जीवन लय’ नै बिथोलिने चिन्ता दर्शाउँदै मधेश प्रदेश सरकारले गत असार २६ गते ‘सुक्खाग्रस्त क्षेत्र’ घोषणा गरेको छ। सङ्घीय सरकारले पनि यही साउन ८ गते (७ गते मन्त्रिपरिषद् निर्णय) उक्त प्रदेशलाई तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।

तीनै तहका सरकारले यस सङ्कटलाई गम्भीरतापूर्वक लिएका छन्। गत साउन ९ गते मधेशमै पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति त्यसैको प्रकट रूप हो। त्यहाँ उनले भनेका थिए, “मधेश प्रदेशलाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। अब दीर्घकालीन र तत्कालीन उपाय अवलम्बन गरेर पानीको आवश्यकता पूरा गरिनेछ। त्यसका लागि तत्कालै ५०० वटा डिप बोरिङ जडान गरिनेछ।”

त्यसपछि साउन १० गते गृहमन्त्री रमेश लेखकले विपद् सङ्कटग्रस्त क्षेत्र घोषित तराई–मधेशका स्थानीय तहका प्रमुख/अध्यक्ष र प्रमुख जिल्ला अधिकारीहरूलाई समस्या समाधानमा लाग्न निर्देशन दिए। “नागरिकको पीडामा सरकार गम्भीर छ। अब खानेपानी र सिँचाइका लागि प्राथमिकताका आधारमा डिप ट्युबवेल र डिप बोरिङ जडान गरिनेछ, सबै निकायबीच समन्वय र सहकार्य होस्”, उनको भनाइ थियो।

यो सङ्कट एकाएक आएको होइन र चाँडै जानेवाला पनि छैन। त्यसैले विज्ञहरूले जलवायु परिवर्तन र चुरे दोहनका कारण ‘खतराको घण्टी’ बजाइरहेको छ भनेर पटकपटक चेतावनी दिँदै आएका छन्। जलवायुजन्य प्रकोपले नेपालको कृषिप्रणाली बिथोलिएको र त्यसले लाखौँ मानिसको जीविकोपार्जनको आधार नै सङ्कटमा रहेका धेरैको चेतावनी छ। जलवायु परिवर्तनविज्ञ मधुकर उपाध्याय भन्छन्, “हामीले लगातार तेस्रो सुक्खा हिउँद भोग्यौँ। अब चौथो हिउँद सुक्खा भए के गर्ने ? सरकार र सरोकार भएकाहरूसँग योजना हुनुपर्छ।”

मानिसका लागि पहिलो आवश्यकता स्वच्छ हावा र त्यसपछि खाना हो। त्यसैले जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका कुरा हुँदा कृषिलाई उच्च प्राथमिकतामा राख्नुपर्ने विषय यस वर्षको खडेरीबाट सिक्नुपर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा रामकृष्ण श्रेष्ठको भनाइ छ। “हिउँद त सुक्खा भइरहेकै छ, हुँदाहुँदा वर्षायाम पनि सुक्खा हुन थाल्यो। यो समस्या बर्सेनि थप गहिरिनेवाला छ। त्यसैले अब नीति, प्राथमिकता र कृषि प्रणालीमाथि गम्भीर विमर्श गर्नुपर्ने बेला आयो”, उनले भने।

कृषिका लागि खाद्य अभियानका संयोजक उद्धव अधिकारी पनि समयका चुनौती सामना गर्नेगरी अगाडि बढ्न पछिल्लो सङ्कटले ‘घण्टी’ बजाएको बताउँछन्। उनी भन्छन्, “नेपालमा खडेरी सामान्य विषय होइन, यो सङ्कटको गम्भीर सङ्केत हो। नेपालको मौसमी चक्र नै बिथोलिएको छ। कृषि क्षेत्र सबैभन्दा मारमा छ। केही वर्षमै लाखौँ मानिसको जीविकोपार्जनको आधार गुम्ने खतरा छ। अब यसमा अनुकूलित हुने उपायको विकल्प छैन।”

यो कुरा सरकारले पनि महसुस गरिसकेको छ। गत साउन ५ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वार्षिक प्रगति सार्वजनिक कार्यक्रममा मन्त्री रामनाथ अधिकारीको अभिव्यक्तिले यस्तै सङ्केत गथ्र्यो। उनी भन्दै थिए, “सरकारले कृषिउपजमा आत्मनिर्भर बन्न हरसम्भव प्रयास गरिरहेको छ। केही वस्तुमा आत्मनिर्भर भइसकेको छौँ, तर धानलगायत केही खाद्यबालीमा त्यो लक्ष्यलाई प्रकृतिले नै चुनौती दिएको छ। अन्नभण्डार मधेशमै पर्याप्त धान रोपाइँ हुनसकेको छैन। अब तत्कालीन र दीर्घकालीन उपायको खोजी गरेर अगाडि बढ्छौँ।”

जलवायु सङ्कट र मधेश
नेपालमा केही दशकअघिसम्म पनि जलवायु परिवर्तन हल्लाको विषय थियो। यो मुद्दा विकास साझेदारहरूले बहसमा ल्याइदिएको विषयका रूपमा मात्र बुझ्नेहरू धेरै थिए। कतिपयलाई काल्पनिक जस्तो लाग्ने यो विषय नेपालीका लागि भने यथार्थमै परिणत भइसकेको छ। “यो हाम्रा लागि दूर भविष्यमा आइपर्ने चुनौती होइन, वर्तमानमा आइसकेको खतरा हो। यसले आर्थिक, सामाजिक, सांस्कृतिक, कृषि, ऊर्जा, मानव स्वास्थ्य, जैविक विविधता, प्राकृतिक पारिस्थितिक प्रणालीलगायत जनजीवनमा पार्ने प्रभाव नजिकबाट महसुस गरिसकेका छौँ”, सहसचिव डा श्रेष्ठ भन्छन्।

कमजोर विकास पूर्वाधार, भौगर्भिक बनावट, हिमालयबाट निःसृत नदी प्रणाली तथा यिनै नदीमा आश्रित कृषि प्रणालीका कारण पनि नेपाल यसका असरबाट नराम्ररी प्रभावित भइरहेको छ। यसपटक सबैभन्दा मार तराई मधेशले भोगेको छ। अघिल्लो वर्ष (सन् २०२४) को हिउँद ३० वर्षयताकै कम पानी परेको हिउँदका रूपमा दर्ज छ। यस वर्ष (सन् २०२५) को हिउँद पनि सुक्खा नै भयो। अधिकांश स्थानमा सामान्यभन्दा ६० प्रतिशत बढी सुक्खा देखिएको विज्ञहरू बताइरहेका छन्।

हुन त विश्वव्यापी रूपमा ताता दिनहरू बढ्दै छन्। तराई मधेशमा पनि गर्मी निरन्तर बढ्दो छ। त्यहाँको तापक्रम लगातार ४० डिग्री सेल्सियसभन्दा माथि पुग्दैछ।

वन तथा वातावरण मन्त्रालयका मौसम विज्ञानविज्ञ हिमाल सिवाकोटी तापमान बढ्दै जाँदा मौसमी चक्रमा फेरबदल आइरहेको र त्यसले समग्र देश र विशेषगरी तराई मधेश समस्यामा परेको बताउँछन्। “यसपटक सामान्यभन्दा बढी पानी पर्ने प्रक्षेपण थियो, तर मधेशमा सामान्यभन्दा पनि कम पानी प¥यो। फेरि अन्य क्षेत्रमा बाढीपहिरोको अवस्था छ। अवस्था सुध्रिनसक्छ, तर कृषि क्षेत्रलाई ढिला भइसक्छ”, उनी भन्छन्, “यसपटक आकाशेपानी मात्रै होइन, नदीमा पनि पानी कम भएकाले मधेशले प्रत्यक्ष मार खेप्नुपरेको छ।”

यहाँ भूमिगत पानीको स्तर घट्दै छ। सतह सिँचाइको पहुँच सबै क्षेत्रमा छैन, जहाँ छ त्यहाँ रोपाइँ भइरहेकै छ। वरिष्ठ कृषि इन्जिनियर डा जीतबहादुर चन्द भन्छन्, “पहिले २०/२५ फिटमा आउने पानी हाल १०० र कतिपय ठाउँमा तीन÷चार सयमा मात्र आउने गरेको छ। हामीले जमिनबाट पानी तान्ने काम मात्रै ग¥यौँ, तर पुनर्भरणमा ध्यान दिएनौँ। त्यसैले समस्या थप चुलिएको हो।” वरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी पनि पानी पुनर्भरण प्रणाली बिथोलिएको, खोलानालामा पर्याप्त जलस्रोत नभएको र भएकै पानी पनि सिँचाइ प्रणालीमार्फत सबै ठाउँमा समान रूपमा वितरण गर्न नसकिएकाले चुनौतीपूर्ण अवस्था आएको बताउँछन्।

मधेश प्रदेश अन्य क्षेत्रभन्दा संवेदनशील छ। यहाँ न पर्याप्त भूमिगत पानी छ, न त जङ्गल। पानीलगायत प्राकृतिक स्रोतको मुहान मानिएको चुरेमाथि नै छेडखानी भइरहेको छ। नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव बारम्बार भन्ने गर्छन्, “चुरे तराई—मधेशको ‘लाइफलाइन’ हो। त्यसको गडबडीले मधेशको जीवनरेखा नै बदलिन सक्छ। यदि समयमै नसम्हालिने र त्यसका लागि ठोस् पहल नगर्ने हो भने मधेश अबको केही वर्षमै मरुभूमि बन्नसक्छ। पानीकै लागि तड्पिने अवस्था आउनसक्छ।”

‘हालको खडेरी सामनाका लागि विज्ञका सुझाव’
कृषि मधेश प्रदेशको आर्थिक आधार र जीविकोपार्जनको मुख्य स्रोत हो। प्रदेशको दोस्रो आवधिक योजना (२०८१/८२–२०८५/८६) ले आव २०७९/८० मा मधेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले ३५ दशमलव ०२ प्रतिशत योगदान गरेको भनी उल्लेख गर्नुले पनि यसलाई पुष्टि गर्छ।

यहाँ कुल पाँच लाख ४२ हजार ५८० हेक्टर खेतीयोग्य छ, जसमध्ये पाँच लाख दुई हजार २२४ हेक्टरमा खेती हुन्छ। सिँचाइ सुविधा भने खेतीयोग्य जमिनको ४९ प्रतिशतमा मात्रै आंशिक रूपमा पुगेको तथ्याङ्क छ। यहाँ चन्द्र नहर, कोशी पम्प नहर, कमला, बाग्मती तथा गण्डक नहर सिँचाइका मुख्य स्रोत हुन्। यसका अतिरिक्त साना बाँध, तलाउ, भूमिगत पानी तानेर सिँचाइ हुने गर्छ।

धनुषाको नक्टाझिजमा रहेको कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्रका प्रमुखसमेत रहेका वरिष्ठ कृषि इन्जिनियर अधिकारी हाल भूमिगत जलस्रोत घट्दै गएको र मधेशको समग्र क्षेत्र लाभान्वित हुनेगरी सतह सिँचाइ प्रणाली नभएकाले दुवै समस्या समाधानमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँछन्।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका प्रवक्तासमेत रहनुभएका वरिष्ठ कृषि इन्जिनियर डा चन्द पनि विगतका अध्ययन र हालै कृषि तथा पशुपन्छी विकास मन्त्रिस्तरीय निर्णयबाट मधेशका आठवटै जिल्लामा गरिएको अध्ययनका सिफारिसअनुसार काम अगाडि बढाउनुपर्ने बताउँछन्। “आठ जिल्लामा चारवटा टोलीले आवश्यक अध्ययन गरेर तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कार्यबारे सुझाव दिएका छन्”, उनले भने, “त्यसअनुसार उपलब्ध स्रोतको परिचालन र थप स्रोतको सुनिश्चित गरी काम अगाडि बढाउन आवश्यक छ।”

तत्काल गर्न सकिनेः जे छ त्यहीबाट काम सुरु गरौँ
अध्ययन टोलीले यहाँ तत्काल गर्न सकिने उपायका रूपमा भूमिगत जलस्रोतको यथोचित उपयोग र भएका नहर प्रणालीको प्रयोगलाई औँल्याएका छन्। पञ्चायतकालदेखि सरकारी र निजी क्षेत्रबाट जडान गरिएका एक हजारभन्दा बढी डिप ट्युबवेलमध्ये करिब ५० प्रतिशत प्रयोगविहीन रहेकाले तिनको उपयोग नै सङ्कट समाधानका तत्कालीन उपाय भएको अध्ययन टोलीको सुझाव छ। यहाँ हजारौँको सङ्ख्यामा स्यालो ट्युबवेल छन्, तीमध्ये उत्तरी भेगमा भूमिगत पानीको सतह निकै तल पुगेकाले प्रयोगविहीन छन्। यसरी साना–तिना समस्याका कारण सञ्चालनमा नरहेका सयौँ बोरिङ सञ्चालन उपयुक्त विकल्प भएको अध्ययन टोलीको ठहर छ।

यहाँ कमला सिँचाइ आयोजना, साबिकको समृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रममार्फत सप्तरी, सिरहा र महोत्तरीमा मात्रै २३६ डिप ट्युबवेल जडान भएका छन्। तीमध्ये ९८ वटा मात्रै सञ्चालनमा छन्भने १३८ अझै सञ्चालन हुन सकेका छैनन्। यसमा करोडौँ रकम खर्च भइसकेको छ र अब केही रकम खर्च गरेमा करिब चार हजार ५०० हेक्टरमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउन सकिने अध्ययन टोलीको ठहर छ।

यस्तै, साबिकको जनकपुर कृषि विकास योजनामार्फत सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा गरी २४२ वटा डिप बोरिङ जडान भएकामा त्यसमा ८५ वटा सञ्चालनमा छन्भने बाँकी १५५ वटा प्रयोगविहीन छन्। वरिष्ठ कृषि इन्जिनियर अधिकारीले भन्छन्, “पुराना डिप ट्युबवेलको आवश्यक मर्मत गरी विद्युतीकरण, पम्प जडान तथा भूमिगत नाला विस्तार गर्न सकेमा तत्काल सिञ्चित क्षेत्रफल उल्लेख्य वृद्धि गर्न सकिन्छ।”

प्रधानमन्त्री ओलीले पनि यहाँ पाँच सय डिपबोरिङ जडान गर्ने घोषणा गरेका छन्। हालको बजार मूल्यअनुसार एउटा बोरिङका लागि सम्पूर्ण काम गर्न रु एक करोडभन्दा बढी खर्च लाग्ने गरेको प्राविधिकहरू बताउँछन्। यसर्थ अर्बौं रुपैयाँ जोहो गर्नुपर्ने र जडान गर्न धेरै समय लाग्ने भएकाले यसै याममा त्यसबाट फाइदा लिने सम्भावना निकै कम छ। यदि पुराना बोरिङ मर्मत गरिए थोरै खर्चमा केही दिनमै समस्या समाधानमा उपयोग गर्न सकिने जानकारहरू बताउँछन्। इन्जिनियर डा चन्द आवश्यकताअनुसार नयाँ जडान र पुरानाको मर्मत सँगसँगै अगाडि बढाउने र कोशी, कमला, गण्डक, बाग्मतीजस्ता नहरहरूको सफाइ र मर्मत गरी तुरुन्त लाभ लिन सकिने धारणा राख्छन्।

दीर्घकालीन समाधानः जलवायु उत्थानशील कृषि र सिँचाइ पूर्वाधार
“हाल देखिएको खडेरी केवल मौसमी समस्या होइन, यो जलवायु परिवर्तनको गहिरो प्रभाव हो। यस्ता कैयन समस्या आउन बाँकी नै छन्। त्यसअनुसार हामीले तयार हुनुपर्छ। अब ‘कहिले पानी पर्छ’ भनेर होइन कि ‘कम पानी परे के गर्ने र त्यसको विकल्प के छ’ भन्ने सोचअनुसार काम गर्ने बेला आएको छ”, वरिष्ठ कृषि इन्जिनियर डा शिव झा भन्छन्। त्यसका लागि राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) लगायत निकायले बाली विकास र प्रविधिबारे गरेका अनुसन्धान तथा आविष्कारलाई अनुशरण गर्नुपर्ने उनको सुझाव छ।

आकासेपानीको विकल्पमा हाल सप्तरी, सिरहा, धनुषा, सर्लाही, बारा र पर्सामा रहेका नहरको मर्मत र पुनःसंरचना, नहर नै नभएका महोत्तरी र धनुषाजस्ता जिल्लामा सिँचाइको सम्भाव्यता अध्ययन गरी आवश्यक पूर्वाधार बनाउनुपर्ने, भूमिगत जलस्रोतको संरक्षण र पुनर्भरणका लागि चुरे संरक्षणलाई सशक्त बनाउँदै, फेदी क्षेत्र र खोलानाला नजिक रिचार्ज पोखरी निर्माण गरी भू–जल पुनर्भरण गर्नुपर्ने विज्ञहरूको सुझाव छ।

नदीमा बहाव वृद्धि र सतह सिँचाइ विस्तार भरपर्दो आधार बनाउन बहुप्रतिक्षित सुनकोशी–मरिन डाइभर्सन परियोजना छिटो सम्पन्न गर्ने र अन्य ठूला सिँचाइ परियोजना अगाडि बढाउनु पनि समस्याको दीर्घकालीन समाधान भएको धेरैको भनाइ छ। यस्तै, विश्व बैङ्कको सहयोगमा कृषि विभागमार्फत सर्लाही र रौतहटमा पाँच सय ‘स्मार्ट डिप ट्युबवेल सिँचाइ प्रणाली’ विकाससम्बन्धी परियोजना सञ्चालनको अवस्थामा रहेकाले त्यसलाई समयमै सम्पन्न गर्नुपर्ने पनि विज्ञहरूले ध्यानाकर्षण गराएका छन्।

बदलिँदो जलवायु र वर्षा चक्रअनुसार अनुकूल खेती प्रणाली विकास गर्न अनुसन्धान र अध्ययनमा जोड दिन, सिँचाइ प्रणालीको आधुनिकीकरण, वर्षा पानी सङ्कलन, सोलार–पम्प प्रणालीको विकास, सुक्खा सहन सक्ने बालीको प्रवद्र्धनलगायत काम दीर्घकालमा सम्पन्न गर्नुपर्ने सुझाव छ। जलवायु परिवर्तन र त्यसका असर केवल वैज्ञानिक वा वातावरणीय विषय होइन, यी जीवन, जीविका, र भविष्यका सवाल हुन्। त्यसैले अबको कृषि विकास भगवान् भरोसा नभई विज्ञान र प्रविधिमा आधारित अनुमानयोग्य, जलवायु अनुकूलित, दिगो र उत्थानशील बनाउने गरी सिङ्गो राज्य नै लाग्नुपर्ने वन तथा वातावरण मन्त्रालयका उपसचिव कृषिअर्थ विज्ञ नरेश शर्माको सुझाव छ।

प्रकाशित: २०८२ साउन १३ गते मङ्गलबार ०८:४७
प्रतिक्रिया

थप समाचार

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...

कोप-३१ मा पर्वत र जलवायुलाई छुट्टै एजेन्डा बनाउन नेपालको प्रस्ताव

नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए। तर, टर्कीको अन्ताल्यामा चलिरहेको सम्मेलनमा किर्गिस्तान, नेपाल...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना