काठमाडौँ- बागमती प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेता बहादुरसिंह लामाले विश्वासको मत गुमाएका छन्।
लामाविरुद्ध परेको अविश्वासको प्रस्तावको पक्षमा बहुमत सांसद उभिएपछि उनी अल्पमतमा परेका हुन्।
लामाको पक्षमा १५ सांसद मात्र भएपछि संसदीय दलको नेताको हैसियत गुमाएका हुन्। उनको विपक्षमा २२ सांसद देखिएका छन्। कांग्रेस बागमतीमा ३७ सांसद छन्।
अविश्वासको प्रस्ताव दर्ता गर्ने २१ मा मंगलबार थप एक जना थपिएका हुन्। श्याम खड्काले मंगलबार मन्त्री पदबाट राजीनामा दिएर लामाको विपक्षमा देखिएका हुन्।
यस्तो छ लामाको पक्षविपक्षमा उभिनेहरूको सूची
लामाविरुद्ध अविश्वास प्रस्तावका पक्षमा उभिनेहरू
१.इन्द्रबहादुर बानियाँ
२.शिवराज अधिकारी
३.कञ्चनचन्द्र वादे
४.दिपेन्द्र श्रेष्ठ
५.पुकार महर्जन
६.बिनु रायमाझी पौडेल
७.यमुना देवी श्रेष्ठ
८.उर्मिला नेपाल केसी
९. शान्ता ढकाल
१०. प्रभात तमाङ
११. छिरीङ्ग दोर्जे लामा
१२. मीना पराजुली
१३. याङ्किला शेर्पा
१४. मीनकृष्ण महर्जन
१५. बिमल ठकुरी
१६. मदुकुमार श्रेष्ठ
१७. सुरजचन्द्र लामिछाने
१८. सुरेश श्रेष्ठ
१९. श्रीराम लामिछाने
२०. सुना परियार
२१. श्यामबहादुर खड्का
२२. कृष्णबहादुर तामाङ
लामाप्रति अविश्वास प्रस्तावको विपक्षमा उभिनेहरू
१. बहादुरसिंह लामा तामाङ
२. कुन्दनराज काफ्ले
३. उत्तम जोशी
४. लक्ष्मी श्रेष्ठ
५. रमेशकुमार महत
६. हरिप्रभा खड्गी
७. रामकुमार पहाडी
८. छेत्रबहादुर बम्जन
९. गीता गुरूङ
१०. मसिना खड्का
११. तीर्थ लामा
१२. रामकृष्ण चित्रकार
१३. माया श्रेष्ठ
१४. गोविन्द लम्साल
१५. समिता खड्गी


