२०८३ कार्तिक १५ गते शनिवार

एनसेलको बिज सधैँ अन अफरमा यस्ता छन् सुविधा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १४
monsoon-offer_uHM7XCTfuH

काठमाडौँ- नेपाली व्यवसायिक क्षेत्रलाई थप सशक्त बनाउने आफ्नो प्रतिबद्धताअन्तर्गत एनसेलले पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकहरूका लागि आकर्षक ‘बिज सधैं अन’ मनसुन बिजनेस अफर ल्याएको छ। यस अफरमार्फत ग्राहकहरूले कम खर्चमा पूरै एक वर्ष ढुक्क भएर सेवाहरूको उपयोग गर्न सक्नेछन्।

मुख्य विशेषताहरू: थप २ महिना निःशुल्क सेवा
यो अफरको प्रमुख विशेषता भनेको ग्राहकहरूले ‘बिज सधैं अन ३९९ प्लान’ वा ‘बिज सधैं अन ६४९ प्लान’ को १० महिनाको शुल्क तिरेर १२ महिनासम्म सेवा प्राप्त गर्न सक्नु हो। यसको अर्थ, ग्राहकहरूले थप दुई महिनाको सेवा निःशुल्क प्राप्त गरी एक वर्षसम्म दूरसञ्चार सेवाका लागि निश्चिन्त हुन सक्छन्। यो योजना ‘१० महिना तिर्नुहोस्, १२ महिना सेवा पाउनुहोस्’ भन्ने सिद्धान्तमा आधारित छ।

प्लानमा उपलब्ध सुविधाहरू:
बिज सधैं अन ३९९ प्लान: यसमा ग्राहकहरूले हरेक महिना १० जीबी डेटा, कुनै पनि लोकल नेटवर्कमा कल गर्नका लागि ४०० मिनेट टक टाइम र ४०० एसएमएस प्रति महिना प्राप्त गर्छन्।

बिज सधैं अन ६४९ प्लान: यो प्लानमा हरेक महिना ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० एसएमएस उपलब्ध छ।

बन्डल/कम्बो अफर: कर्पोरेट ग्राहकहरूलाई विशेष फाइदा

यस मनसुन अफरमा ग्राहकहरूले बन्डल/कम्बो अफरको पनि फाइदा लिन सक्नेछन्।

कर्पोरेट ग्राहकहरूले आफ्ना तीनवटा मोबाइल नम्बरका लागि वार्षिक सदस्यता लिँदा एउटा नम्बरले एकपटकका लागि ६ महिनाको सेवा निःशुल्क पाउँछन्।

त्यसैगरी, पाँचवटा नम्बरका लागि एक वर्षको सेवा लिँदा दुईवटा नम्बरले ६ महिनाका लागि सेवा निःशुल्क पाउँछन्।

एनसेलको प्रतिबद्धता: ‘सानादेखि ठूला सबै व्यवसायलाई सहयोग’
एनसेलका प्रमुख बिजनेस अफिसर डिओन एसेन्सिओले भने, ‘उपभोक्ताहरूलाई ‘सधैं अन’ मार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धता अनुरूप, बन्डल सेवाहरूसहित कम खर्चमा ग्राहकहरूलाई वर्षभरि निर्धक्क रूपमा सेवा उपलब्ध गराउन यो अफर ल्याएका छौँ।

साना, ठूला सबै व्यवसायहरूले अर्थतन्त्रलाई चलायमान बनाउँछन् र उनीहरूको व्यवसाय बढाउन हाम्रा सेवाहरूले योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौँ।’

क्लाउड र डेटा सेन्टर सेवामा पनि छुट
यसका साथै, एनसेलले क्लाउड र डेटा सेन्टर सेवाहरूमा पनि सीमित अवधिका लागि मनसुन अफर ल्याएको छ, जसमा ग्राहकहरूले विशेष छुट प्राप्त गर्नेछन्। इच्छुक ग्राहकहरूले एनसेलको वेबसाइटमा गई कलब्याकका लागि अनुरोध गर्न सक्छन्।

हाल मासिक ‘बिज सधैं अन ३९९ प्लान’ र ‘बिज सधैं अन ६४९ प्लान’ प्रयोग गरिरहेका ग्राहकहरूले पनि आफूलाई अपग्रेड गरी वार्षिक सेवा सदस्यता र कम्बो अफरको फाइदा लिन सक्नेछन्। ‘बिज सधैं अन’ प्लानहरूमा मासिक रूपमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले (विश्वको अग्रणी कन्टेट कम्पनी) र मेरो लगानी एप (सेयरबजारमा नाफा-नोक्सान ट्र्याक गर्ने एप) मा पनि पहुँच पाइन्छ।

प्रकाशित: २०८२ साउन १४ गते बुधबार ०१:०८
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना