२०८३ कार्तिक २५ गते मङ्गलबार

सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरी जाँदैनन् सामुदायिक विद्यालय

 |  चन्द्रकला भण्डारी
Sanket

चन्द्रकला भण्डारी

झापा, साउन १५
kamal_rural_municipality

झापा- कमल गाउँपालिकाले आफ्ना पालिकाका जनप्रतिनिधि, सामुदायिक शिक्षक र सरकारी कर्मचारीहरुले छोराछोरी कहाँ पढाउँछन् भन्ने विवरण सार्वजनिक गरेको छ।

‘सरोकारवालाहरुको जानकारीका लागि’ भन्दै पालिकाले सूचनामार्फत सार्वजनिक गरेको विवरण अनुसार आधाभन्दा धेरै जनप्रतिनिधि, सामुदायिक शिक्षक र सरकारी कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा अध्ययन गर्दैनन्।

सार्वजनिक गरिएको विवरणलाई पालिकाका अध्यक्ष हुकुमसिंह राईले प्रमाणित गरेका छन्। पालिकाले सार्वजनिक गरेका ४१४ जना जनप्रतिनिधि, सामुदायिक शिक्षक र सरकारी कर्मचारीहरुमध्ये ६७ जनाले मात्र सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाएका छन्।

निजी विद्यालयमा छोराछोरी पढाउनेहरु ९९ जना रहेका छन्। बाँकी २४८ जनामध्ये अधिकांशले आफ्ना छोराछोरीले विद्यालय तहको शिक्षा पूरा गरिसकेको विवरण पालिकालाई उपलब्ध गराएका छन्। केहीले अविवाहित रहेको समेत जनाएका छन्। भने केहीको छोराछोरी विदेशमा पढिरहेको समेत उल्लेख छ।

पालिकाले सामुदायिक विद्यालयका २५७ जना शिक्षक, ३९ जना जनप्रतिनिधि र ११८ जना कर्मचारीको छोराछोरीको नाम, कक्षा र उनीहरु पढ्ने विद्यालयको नाम सार्वजनिक गरेको हो। पालिकाका अध्यक्ष हुकुमसिंह राई र उपाध्यक्ष प्रमिला न्यौपानेका छोराछोरीले विद्यालय तहको शिक्षा पूरा गरिसकेको जनाइएको छ। विद्यालय तहमा पढाउँदा कुन विद्यालयमा पढेका थिए भन्ने चाहिँ उल्लेख छैन।

प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालका दुई छोराछोरीमध्ये एउटी छोरी लिलीपुट प्रिमियर स्कुल (निजी विद्यालय)को कक्षा ३ मा अध्ययनरत रहेको जनाइएको छ।

वडा नं. १ का वडा सदस्य चैतन्यप्रसाद चम्लागाईले ज्ञानज्योति बोर्डिङ गौरादह र वडा नं. ७ की वडा सदस्य हिमादेवी नेपालीले स्मारिका बोर्डिङ स्कुलमा आफ्ना छोराछोरी पढाउने गरेको विवरण सार्वजनिक भएको छ।

वडा नं. २ का वडा सदस्य भीमबहादुर कार्की, कार्यपालिका सदस्य ज्ञानबहादुर नेपाली लगायतका जनप्रतिनिधिले आफ्ना छोराछोरी आफ्नै वडाको सामुदायिक विद्यालयमा पढाउने गरेको उल्लेख छ। कार्कीका छोरा सन्दिपसिंह कार्की महेन्द्ररत्न माविमा र नेपालीका दुई छोराछोरी नरेन्द्र जनता माविमा अध्ययनरत छन्।

पालिकाकी लेखा अधिकृत सृजना राईले आफ्ना दुवै जना छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराएकी छैनन्। उनका छोराछोरी ज्ञानोदय बालवाटिका विद्यालय र सूर्योदय इङ्लिश स्कुलमा अध्ययनरत छन्। पालिकाको विसं. २०८० वैशाख १९ गते बसेको कार्यपालिका बैठकले जनप्रतिनिधि, सामुदायिक शिक्षक र सरकारी कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै अध्ययन गराउनु पर्ने निर्णय गरेको पालिकाका प्रमुख हुकुमसिंह राईले बताए।

सोही निर्णयलाई आधार मानेर पालिकाले छोराछोरी पढ्ने विवरण संकलन गरेको थियो। शिक्षा ऐनले जनप्रतिनिधि, सामुदायिकका शिक्षक र सरकारी कर्मचारीले सामुदायिक विद्यालयमा छोराछोरी पढाउनै पर्ने बाध्यात्मक व्यवस्था गरेको छैन। तथापि पालिकाको सामुदायिक विद्यालयप्रति जनआकर्षण बढाउन कार्यपालिकाले निर्णय गरेको पालिकाको सूचनामा उल्लेख छ।

सामुदायिक विद्यालयका शिक्षकहरु नै निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउन लैजान्छन् भन्ने गुनासो आइरहेका बेला कमल गाउँपालिकाको निर्णयलाई सर्वसाधारणले भने सकारात्मक रुपमा लिएको पाइएको छ।

पालिकाका २५७ जना शिक्षकमध्ये ५७ जनाले मात्र सामुदायिक विद्यालयमा र ५३ जनाले निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउने गरेको पालिकाले जारी गरेको सूचनामा उल्लेख छ।

वडा नं. ७ स्थित सरस्वती माध्यमिक विद्यालयका शिक्षक रामकुमार सुब्बाले आफ्ना दुई जना छोराछोरीलाई आफुले पढाउने विद्यालयमै पढाउने गरेको जनाइएको छ। उनका छोराछोरी कक्षा ४ र ६ मा पढ्छन्।

सहिद धर्मभक्त माध्यमिक विद्यालयका शिक्षक प्रभाखर काफ्लेका दुबै छोराछोरी निजी विद्यालयमा पढ्ने गरेका छन्। दमकको सिंहदेवी बोर्डिङ स्कुल दमक र सनसाइन बोर्डिङ स्कुल कमलमा उनका छोराछोरी अध्ययन गर्दै आएको पालिकाको सूचनामा उल्लेख छ। पालिकाका ३९ जनप्रतिनिधिमध्ये चार जनाले, कर्मचारी ११८ जनामध्ये ६ जनाले मात्र सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउने गरेको जनाइएको छ। -रासस

प्रकाशित: २०८२ साउन १५ गते बिहिबार ०१:२७
Sanket

चन्द्रकला भण्डारी

भण्डारी राससकी झापा प्रतिनिधि हुन्।
प्रतिक्रिया

थप समाचार

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...

कोप-३१ मा पर्वत र जलवायुलाई छुट्टै एजेन्डा बनाउन नेपालको प्रस्ताव

नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए। तर, टर्कीको अन्ताल्यामा चलिरहेको सम्मेलनमा किर्गिस्तान, नेपाल...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना