राजधानीको ठमेल र महाराजगञ्ज क्षेत्रका विभिन्न स्थानमा बिहीबार राति प्रहरीले व्यापक अप्रेसन सञ्चालन गर्दै ठूलो संख्यामा गुण्डागर्दीमा संलग्न व्यक्तिहरु पक्राउ गरेको छ।
काठमाडौँ प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको सादा पोशाकमा खटिएको टोलीले संयुक्तरूपमा अप्रेसन सञ्चालन गरेको थियो। प्रहरीका अनुसार ‘चक्रे मिलन’को जन्मदिनको पार्टीमा विभिन्न अपराधमा संलग्न समूहका व्यक्तिहरु भेला भएको सूचना पाएपछि रातभरि निगरानी गर्दै विशेष अप्रेसन चलाइएको हो।
काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठमेल र महाराजगंज क्षेत्रमा संयुक्त रूपमा अपरेसन चलाएर गएराति ४७ जनालाई नियन्त्रणमा लिएको हो।
यसै क्रममा ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङलाई पनि बुधबार राति नै प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकामध्ये कतिपयलाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।
