२०८३ कार्तिक १५ गते शनिवार

प्रिज्मा एड्भर्टाइजिङले पायो ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १९
whatsapp-image-2025-08-03-at-83049-pm-0382025053641-1000×0

काठमाडौँ- प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा ‘ब्रान्डलरेएट स्पेशल लिमिटेड एडिसन बेस्टब्रान्ड्स अवार्ड २०२५’ प्राप्त गरेको छ ।

सिंगापुरको सांग्रिला होटलमा बिहीबार आयोजित समारोहमा नेपाली विज्ञापन संस्था प्रिज्मालाई ‘ब्रान्ड इन्फ्लुएन्सर – क्रिएटिभ र ब्रान्डिङ सोलुसन’ श्रेणीमा उक्त सम्मान दिइएको हो ।

कार्यक्रममा प्रिज्माका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत(सीईओ) रञ्जित आचार्य र महाप्रबन्धक शरद शाहीले अवार्ड ग्रहण गरेका थिए ।

यो अवार्ड विश्वकै प्रभावशाली ब्रान्डहरुलाई सम्मान गर्दै आएको ‘द वर्ल्ड ब्रान्ड्स फाउन्डेसन’ले प्रदान गर्दै आएको । यस वर्ष २०औं वार्षिकोत्सवको अवसरमा विश्वभरका सिर्जनात्मक र प्रभावशाली ब्रान्डहरुलाई विशेष संस्करणमा सम्मान गरिएको थियो।

प्रिज्मा एड्भर्टाइजिङ यो सम्मान प्राप्त गर्ने पहिलो नेपाली संस्था बनेको हो । यसअघि कोका-कोला, नेस्ले, युनिलिभर, सामसङ, टोयोटा, आईबीएम, ओगिल्वी, डेन्ट्सु, लियो बर्नेटजस्ता कम्पनी र क्रिस्टियानो रोनाल्डो, नास डेली, निकोल एन डेविडजस्ता व्यक्तित्व यो सूचीमा परेको प्रिज्माले विज्ञप्तिमा जनाएको छ ।

‘नेपाली ब्रान्डहरुलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने हाम्रो प्रयासको मान्यता हो यो अवार्ड,’ सीईओ आचार्यले भनेका छन् । यस्तै, महाप्रबन्धक शाहीले ३५ वर्षदेखि आफूहरुले बनाउँदै आएका सशक्त ब्रान्डहरुको यात्राको एउटा ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।

सन् १९९१ मा स्थापना भएको प्रिज्माले कोका-कोला, नेस्ले, बजाज मोटरसाइकल, एनसेल, जोनसन एन्ड जोनसन, वेस्टर्न युनियन, केएल दुगड समूहलगायत संस्थाका ब्रान्ड निर्माण र रिब्रान्डिङमा भूमिका खेलेको छ।

प्रकाशित: २०८२ साउन १९ गते सोमबार ०७:०८
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना