२०८३ कार्तिक २५ गते मङ्गलबार

ढोरपाटन किन बोलाउँदैछ पर्यटकलाई?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २५
dhorpatan

ढोरपाटनको मोहनी दृश्यले कसलाई नलोभ्याउला ररु टिकटक र फेसबुकका रिल्समा ढोरपाटनको सुन्दरता देखेर ढोरपाटन हिँडेका धेरैलाई त्यहाँ पुग्ने सडकले भने अप्ठ्यारोमा पार्दछ। भुजीखोलाको किनारैकिनार यात्रा गर्दा पहिलोपटक ढोरपाटन पुगेका पर्यटकलाई वर्षायाममा भने निकै सास्ती हुने गरेको छ।

बागलुङको बुर्तिबाङदेखि ३२ किलोमिटर कच्ची सडक पार गर्दै ढोरपाटन पुगेका पर्यटकले ढोरपाटन क्षेत्रको प्राकृतिक दृश्यले कष्टकर यात्रा बिर्साएको बताउँछन्। सामाजिक सञ्जालका कारण ढोरपाटन पुग्ने पर्यटकहरु दिनदिनै बढ्दै गइरहेको र सयौँथरिका बुकी फूलका कारण ढोरपाटनले पर्यटकलाई लोभ्याएको छ।

पर्यटकका कारण घरबास र होटलहरु फस्टाउँदै आएका छन् भने सिकार आरक्षको राजस्व संकलन भइरहेको छ। महँगो मूल्यमा नाउर झारलको सिकार गर्न सकिने ढोरपाटनमा कतिपय विदेशी पर्यटक हेलिकप्टरबाट पनि पुग्ने गरेका छन्।

खाल्टाखुल्टी, उकालो र हिलाम्मे सडक पार गर्दै दैनिक सयौँ सवारीसाधन ढोरपाटनमा पुग्ने गर्दछन्। राष्ट्रिय प्राथमिकताको सडक भएरसमेत बुर्तिबाङदेखि ढोरपाटनको सडकको अधिकांश स्थानमा स्तरोन्नति हुन सकेको छैन।

बुटवलबाट ढोरपाटनको बुकीपाटन घुम्न आएका सिजन परियारले ढोरपाटनको दृश्यले लोभ्याएर आए पनि सडक भने असहज रहेको गुनासो गरे। ुढोरपाटन उपत्यकामा मोटरसाइकल राखेर एकदिन हिँडेर बुकी पाटन पुगियो, दृश्यले निकै लोभ्यायोु, उनले भने, ुढोरपाटन आएपछि ढोरपाटन आउने दुःख बिर्सँदो रहेछ, यति धेरै पर्यटक आउने सडक स्तरीय हुन आवश्यक छ।ु

बागलुङ बजारबाट चार दिनको पैदलमार्ग ढोरपाटनमा २०७१ सालमा सडक पुगेपछि एक दिनमा छोटिए पनि स्तरीय सडक नहुँदा पर्यटकले भने दुःख पाइरहेका छन्। पाँच वर्षदेखि हिउँदमा जेनतेन मिनी बस पुग्न थाले पनि बर्खा उक्त सडकमा यात्रुलाई सास्ती हुने गरेको छ। ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख कल्याण कायतले ढोरपाटन पुग्ने सडक कालोपत्र गर्नसके ढोरपाटनमा थेगी नसक्नु पर्यटक पुग्ने आशा व्यक्त गरे।

उनले आरक्षले राजस्व उठाउने मात्रै काम गरेको भन्दै पर्यटकलाई उचित सूचना नदिएको बताए। ुपटकपटकको प्रयासपछि हिउँदमा त मिनीबस ढोरपाटन पुग्छ, तर बर्खामा उकालो सडक हिलाम्मे भएपछि साना सवारीसाधनसमेत जान कठिन हुन्छ, त्यहाँ अहिले जिप र मोटरसाइकल मात्रै जान सक्छन्ु, कायतले भने, ुबर्खा सकिँदासाथ सालझण्डी(ढोरपाटन सडक आयोजनामार्फत सडक स्तरोन्नतिको काम सुरु गर्ने सहमति भएको छ, बुर्तिबाङदेखि ढोरपाटनसम्मको सडक कालोपत्र भएमा ढोरपाटनले नथेग्ने पर्यटक यहाँ आउने देखिन्छ।ु

देशका सय पर्यटकीय गन्तव्यमा सूचीकृत ढोरपाटन विश्वभर चर्चित छ। चर्चित गन्तव्यमा पुग्ने सडक भने कष्टकर छ। ढोरपाटन भ्रमणका लागि बर्सेनि २० हजारभन्दा बढी आन्तरिक पर्यटक सडक मार्गबाट ढोरपाटन पुग्ने गरेका छन्। दुई वर्षअघिसम्म गुमनाम रहेको बुकीपाटन र जलजलाजस्ता क्षेत्रमा अहिले पर्यटक ह्वातै बढेको छ।

राष्ट्रिय प्राथमीकरणको आयोजनाअन्तर्गत स्तरोन्नतिसँगै कालोपत्रका लागि ठेक्का लागिसकेकाले नगरपालिकाले अवरुद्ध सडक खुलाउने मात्रै काम गर्दै आएको जानकारी दिए। पर्यटक बढेपछि स्थानीयको घरबास, होटल चलेको र घोडाधनीलाई लाभ मिले पनि सिकार आरक्षका कारण पर्यटकलाई भने असहज भएको छ। ढोरपाटन जाने सडक स्तरोन्नतिका लागि चार वर्षअघि ठेक्का भए पनि ३५ प्रतिशत मात्रै काम भएको देखिन्छ।

बुर्तिबाङ फल्लेघरसम्मको सडक ग्राभेल गर्न ठेक्का लिएको स्वच्छन्द, ओमबुद्ध संयुक्त निर्माण कम्पनीले दसैँसम्ममा स्तरोन्नतिको काम पुनः थाल्नेगरी सहमति भएको ढोरपाटन नगरपालिकाले जनाएको छ।

६ हजारमै पुग्न सकिन्छ ढोरपाटन
६ हजार रूपैयाँ खर्च गरेपछि पोखराबाटै ढोरपाटन पुग्न सकिने व्यवस्था मिलाइएको छ। पोखराको महाशिला एडेभेन्चरले अहिले दिनमा चारवटा स्कोरपियो गाडी ढोरपाटनका लागि छुटाउँदै आएको छ। महाशिला एडेभेञ्चर पोखराका सन्तोष देवकोटाले ढोरपाटन पुगेको दुई दिन एक रातको ६ हजार रूपैयाँ र बुकी पुगेको तीन दिन दुई रातको आठ हजार रूपैयाँमा पोखराबाट पर्यटकहरु पठाउने गरेको बताए।

दुई वर्षयता प्याकेजमै ढोरपाटन र बुकी पुर्‍याउँदै आएको महाशिला एडेभेन्चरले सस्तो प्याकेजै पर्यटकलाई बुकी पुर्‍याउन थालेको छ। उनले प्याकेजमा जाने पर्यटकलाई बुकीसम्म घोडामा झोला समेत लैजाने व्यवस्था मिलाएको बताउदै ढोरपाटनबाट भने पर्यटक पैदल हिँड्नुपर्ने बताए।

एक वर्षमा आठ हजारले पर्यटक बढे
नेपालको एकमात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि भइरहेको छ। ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका अनुसार ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा एक वर्षमै आठ हजारले वृद्धि भएको छ। कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार आर्थिक वर्ष २०८०र८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेकामा आव २०८१र८२ मा पर्यटकको सङ्ख्या आठ हजारले बढेर २३ हजार ६९२ पुगेको छ।

ढोरपाटनमा सिकार खेल्नमात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय सिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक त्यहाँ आउने गरेका छन्। ढोरपाटन उपत्यकामा दुई दर्जन होटल तथा घरबास सञ्चालनमा रहेको र सोझै पोखरादेखि पर्यटकलाई प्याकेजमै ल्याउने लैजाने व्यवस्थापनका कारण पर्यटकलाई सहज भएको ढोरपाटन सामुदायिक घरबासका सञ्चालनक रामबहादुर घर्तीले बताए।

ढोरपाटनको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको सुवेदीको भनाइ छ। समुन्द्री सतहदेखि दुई हजार ९०० मिटरको उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्ने थालेका छन्।

के हो ढोरपाटनको आकर्षण?
बर्खामा फुल्ने अनेकथरी फूलले रंगिएको ढोरपाटन मुख्य आकर्षणका रुपमा छ। आठ किमी लामो ढोरपाटन उपत्यकामा फुलेका रातो, सेतो, पहेला रंगका फूल बर्खामा ढोरपाटनको मुख्य विशेषता हो। विभिन्न रङमा फुलेका फूलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिचेको छ। ढोरपाटन उपत्यका, प्रसिद्ध ढोरबारही मन्दिर, ढोरपाटन सिकार आरक्षको सङ्ग्रहालय, निसेलढोर, जलजला र बुकीपाटन ढोरपाटनका मुख्य घुम्न लायक ठाउँ हुन्।

बर्खाको समय अन्यत्र पर्यटकीय गतिविधि शून्यप्रायः जस्तै हुँदा यसपटक भने बागलुङको ढोरपाटन पर्यटकले गुल्जार बनेको छ। ढोरपाटन उपत्यकामा फूलेका रंगीबिरंगी बन फूलसँगै चरेका घोडाको दृश्यले पर्यटकको मनै लोभ्याउने गरेको छ। प्रचारप्रसार र पर्यटकीय पूर्वाधारका कारण पछिल्लो समय ढोरपाटनमा बर्खामा उत्तिकै पर्यटक आउने गरेको पाइएको छ।

स्थानीय ढोरपाटन सामुदायिक घरबासका सञ्चालक मिलन घर्तीका अनुसार असारदेखि भदौसम्म अन्य ठाउँमा पर्यटकको आगमन शून्य भए पनि ढोरपाटन गुल्जार बनिरहेको छ। घोडा सफारीका कारण स्थानीयको आयआर्जनमा वृद्धि भएको छ।

कञ्चन उत्तरगंगा नदी, सुन्दर र समथर भूबनोट, अनेकथरी बुकीफूल र त्यसमाथि घोडा चरिरहेको दृश्यले ढोरपाटन पुग्ने जोकोही लोभिने गरेको काठमाडौंबाट मोटरसाइकलमा घुम्न आएको अनिल राजवंशीले बताए। चार हजार मिटरभन्दा माथिको बुकिपाटन एक दिनको पदयात्रामार्फत पुगेको बताउँदै उनी ढोरपाटनको सौन्दर्यता बयान गरेर नसक्ने बताउँछन्।

पाटनैभरि फूल्ने वनफूल, फूलमा घोडा, भेडाबाख्रा र गाईभैँसी चर्दै गरेको दृश्यले पर्यटकलाई तान्ने गरेको छ। अहिले सडक यातायात, होटल तथा घरबास सुविधा, सञ्चार सुविधाले यहाँ आउन निकै सहज भएको छ।

गोठालाको उत्पादन गोठमै खपत
बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि भैँसी र भेडी गोठाला उत्साहित भएका छन्। बुकी पुग्ने पर्यटकका लागि खान बस्नमा सघाउँदै आएका गोठालाको आम्दानी बढ्दै आएको छ। पदमार्ग आसपास र बुकीपाटनमा चिया नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ। बुकीपाटन पुगेका पर्यटक गोठमै बस्ने र खाने गर्दा भैँसीको दूध, घ्यु तथा भेडाको मासु गोठमै खपत हुन थालेको हो।

भैँसीपालन गरी उत्पादित घ्यू बिक्री गर्दै आएका बुकी पाटनका भैँसी गोठाला ७२ वर्षीय देवबहादुर विकले चरिचरनका रुपमा रहेको बुकीपाट पर्यटकीय गन्तव्य बनेपछि गोठमै पैसा आउन थालेको बताए। बुकीपाटन उक्लनेले बीचबाटोको चेप्टेढुंगामा गोठबाटै चिया बिक्री गरेर राम्रो आम्दानी गरेको गुमानसिंह कुमाइले बताए। दूधको चिया खपत भएपछि घ्यू र दही बनाउने झन्झट नभएको उनको भनाइ छ। समुन्द्री सतहदेखि दुई हजार ९०० मिटरको ढोरपाटन उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्ने थालेका छन्।

‘गोठस्टे’ सञ्चालन
पर्यटकलाई लक्षित गरी बुकीपाटनमा दुईवटा गोठस्टे ९गोठमा हुने बसाइँ० सञ्चालनमा रहेका छन्। अस्थायी रुपमा सञ्चालन गरिने गोठस्टे असारदेखि असोजसम्म सञ्चालन गरिने हाइअल्टिच्युट तथा टेन्टस्टेका सञ्चालक मेहेन्द्र घर्तीमगरले बताए। उनले चार हजार मिटर उचाइमा पर्यटकलाई लक्षित गरी अस्थायी रुपमा भए पनि खाने र बस्ने सुविधा दिएको बताए।

उनले सादा खानालाई ५०० र मासु खानालाई ८०० रूपैयाँ मा पर्यटकलाई पस्कने गरेको सुनाए। बुकीपाटनमा जाने पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले गर्पाछेडामा दुईवटा गोठस्टे सञ्चालनमा ल्याइएको छ। पछिल्लो समय ढोरपाटन आउने अधिकांश पर्यटक बुकीपाटन पुग्ने गरेको ढोरपाटन सामुदायिक घरबासका सञ्चालनक मिलन घर्तीले जानकारी दिए।

सिकारमा रमाउछन् विदेशी सिकारी
सिकारले प्रसिद्ध कमाएको ढोरपाटनमा सिकार खेल्न महँगो मूल्य तिरेर विदेशी सिकारी आउने गरेका छन्। वैधानिकरुपमा सिकार खेल्न पाइने नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटनमा विदेशका धनाढ्य सिकारी सिकारमा रमाउन हेलिकप्टरमार्फत आउने गरेका छन्।

रेञ्जर सुवेदीका अनुसार दोस्रो याममा याममा ११ नाउर र सात झारलको सिकार भएको थियो। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरी १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार गर्ने अनुमति दिएको थियो।

सिकार खेल्नका लागि हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी ६ वटा कम्पनीले एक आर्थिक वर्षमा दुई याममा अनुमति प्राप्त गर्दै आएका छन्। १२ बँदेलको सिकार अनुमति दिए पनि एउटा पनि सिकार नभएको उनको भनाइ छ।

ढोरपाटनमा हरेक वर्ष ९असोज(मङ्सिर० पहिलो र ९फागुन(बैशाख० दोस्रो याममा सिकार हुने गर्छ। सिकार आयममा अमेरिका, अर्जेन्टिना, स्पेनिस, प्रान्सलगायत देशबाट सिकारी आउने गरेको पाइन्छ।

प्रकाशित: २०८२ साउन २५ गते आईतबार ०८:४७
प्रतिक्रिया

थप समाचार

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...

कोप-३१ मा पर्वत र जलवायुलाई छुट्टै एजेन्डा बनाउन नेपालको प्रस्ताव

नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए। तर, टर्कीको अन्ताल्यामा चलिरहेको सम्मेलनमा किर्गिस्तान, नेपाल...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना