बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
उनको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत प्राप्त भएको छ।
९२ जना प्रदेशसभा सदस्य बैठकमा उपस्थित थिए।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनी आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री बनेका थिए।
मुख्यमन्त्री बानियाँले एक सातापछि आज विश्वासको मत लिएका हुन्।
प्रकाशित: २०८२ साउन २७ गते मङ्गलबार ०७:२६