२०८३ साउन १३ गते बुधबार

जीवित सङ्ग्रहालयको पहिचान बोक्ने मौलिक नाच

 |  रमेश गिरी
Sanket

रमेश गिरी

काठमाडौँ, साउन ३०
202508141401-fbf5139b-432f-4df8-931e-095d478550ad_medium-1755171567

भक्तपुर: मूर्त कला मात्रै होइन, धार्मिक पर्वले परिपूर्ण विभिन्न अमूर्त कला, संस्कृति, पर्व एवम् परम्पराको भण्डार ऐतिहासिक मध्यपुरथिमि नगरी यतिखेर धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको परम्पराले नाचिरहेको छ।

प्रत्येक वर्ष वैशाख २ गते सिन्दुर जात्रा, जिब्रो छेड्ने जात्राले मात्रै होइन, गाईजात्राको भोलिपल्ट द्वितीयादेखि पञ्चमीसम्म चार दिन तीन रात अनवरत रूपमा टोलटोलमा नाचिने विभिन्न देवीदेवताका नाचले मध्यपुरथिमि यतिखेर राति पनि ब्युझिरहेको छ।

विभिन्न देवीदेवताका मुकुण्डो धारण गरी धार्मिक, सांस्कृतिक र ऐतिहासिकतालाई जीवन्त राख्दै मध्यपुरथिमिको टोलटोलमा नीलबाराही प्याखँ, भैल प्याङ्ख, सलचा प्याङ्खजस्ता नाचहरु नाच्दै देवीदेवताको पहिचानलाई जीवित सङ्ग्रहालयको रूपमा यथावत राख्न सफल भएको नगर भैरव नाचका गुरु एवम् संस्कृतिविद् अर्जुन श्रेष्ठ बताउँछन्।

यतिखेर विभिन्न बाजाको तालमा विभिन्न धार्मिक एवम् सांस्कृतिक महत्व बोकेको फरकफरक नाचको प्रर्दशन हेर्दा यहाँको कला, संस्कृतिको धरोहरलाई जीवन्त राख्न यहाँका बासिन्दा निकै जुर्मुराएके छन्। मध्यपुरथिमिभित्र विभिन्न देवीदेवताको मुकुण्डो धारण गरेर नाचिने यस्ता नाच कुनै डबलीमा प्रस्तुत गरिने नाटकीय भने होइनन्। यी नाचभित्र तान्त्रिक र दैवी शक्तिको बास हुने यहाँका धार्मिक एवम् नाचका गुरु बताउछन्।

यी नाचको अवलोकन गर्न मध्यपुरथिमिको बासिन्दा मात्रै होइन, उपत्यकाका नेवार समुदायको बाहुल्यतासँगै अन्य जातजातिसहितको हजारौं रातको पर्वाह नगरी सहभागी हुनेगरेका छन्। यसवर्ष मध्यपुरथिमिमा तान्त्रिक र दैवी शक्ति बोकेको नीलबाराही नाच, भैरव नाच र सलचाँ नाच प्रर्दशन गरिएको छ।

नीलबाराही नाचः
मध्यपुरथिमिको बोडेमा प्रसिद्ध नीलबाराही मन्दिर छ। नीलबाराही जङ्गलको छेउमा रहेको यो मन्दिर यहाँका बासिन्दाको धार्मिक आस्थाको धरोहर हो। नीलबाराही देवीप्रतिको धार्मिक विश्वास, आस्थालाई यहाँका बासिन्दाले जीवन्त राख्दै आएका छन्। त्यसको उदाहरण हो, द्यो प्याखँ अर्थात नीलबाराही नाच।

मध्यपुरथिमिको बोडेमा हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यराति अर्थात भाद्र द्वितीयादेखि पञ्चमीसम्म नीलबाराही नाच चार दिन तीन रातसम्म यहाँको टोलटोलमा प्रदर्शन गर्ने गरिन्छ। नाचमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार द्वारपाल दुई र गणेश चार गरी १९ देवगणले नाच नाच्ने गर्दछन्। देवता १९ जना, गुरु छ जना, १९ जना देवताका सहयोगी, बाजा बजाउने नौ जनाको नाचमा प्रतक्ष संलग्नता रहने गर्दछ।

बोडेको लाकुछँेबाट सुरु भई लाछी, लाछकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खासी टोल, नीलबाराही स्थान हुँदै पुनः खासी टोल भएर लाकुछेंमा आएर मुकुण्डो निकालेपछि समापन हुने स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिए। प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय, पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने र यहाँका बासिन्दाले पूजा एवम् दानदक्षिणा दिने परम्परा रहेको स्थानीय उनी बताउँछन्।

दैनिक १० देखि १४ घन्टासम्म परम्परागत नियममा बाँधिएर नाच्नु पर्ने नीलवाराही नाच कहिलेदेखि सुरु भएको भत्रेबारे यकिन तथ्य फेला नपरे पनि भक्तपुरको नवदुर्गा नाचसँगै नीलबाराही नाच सुरू भएको हुनुपर्ने स्थानीयको भनाइ छ।

विगत २८ वर्षदेखि पोङ्गा पुजामा सहभागी हुँदै आउनु भएका ४७ वर्षीय लुमन धों श्रेष्ठ आफ्नो पुर्खाको आठ पुस्तादेखि नीलबाराही नाचमा सहभागिता रहँदै आएको बताउँछन्। देवगण फेरिदा पनि पोङ्गा पूजाको कोटा नफेरिने बताउँदै नाचमा सहभागी हुने देवगणको मृत्यु वा नीलबाराही देवीको दैवी शक्तिले बाहेक अरु अवस्थामा देव गण फेर्न नपाईने उनको भनाइ छ।

बाराही देवगणका सहयोगी एवम् बोडेको जिब्रो छेड्ने जात्रामा आठ पटक जिब्रो छेडाउनु भएका जुजुभाई बाँस श्रेष्ठ भन्छन्, ‘हामीले चाहेर आफूखुसी देवगण फेरिने होइन, यो त नीलबाराहीको अदृश्य दैवी शक्तिले फेरिने हो, २०१५ सालमा एकपटक देवीको शक्तिले देव गण परिवर्तन भएको थियो, देव गणको मृत्यु भएमा मात्रै उहाँकै परिवारको एक सदस्यले देव गणको भूमिका निर्वाह गर्नुपर्छ। त्यसैले ७० वर्षभन्दा माथि ७६ वर्षसम्मका देव गणले अझै पनि नाचिरहनु भएको छ।’

देवगणको मृत्यु भएपछि पनि उनको ठाउँ उनकै परिवारभित्रको सदस्यलाई तान्त्रिक शक्तिबाट देव गण हस्तान्तरण गर्नुपर्छ। नाचको किम्बदन्तीबारे बताउँदै दिलकृष्ण प्रजापतिले भने, ‘परापूर्वकालमा खेतमा काम गर्न गएका बोडे शहरका स्थानीय धोँ जातका एक व्यक्ति हराए, अचानक उनी घर नर्फिकएपछि चारैतिर खोजी भयो तर भेटिएनन्। चार दिनपछि उनी फर्किए। फकिएपछि उनले आफू खेत जाँदा नीलबाराही देवीले लगेर नीलबाराही जङ्गलमा चार दिनसम्म कसैले नदेख्ने गरी राखेर नाचको सम्पूर्ण विधिविधान सिकाई यो नाच हरेक वर्ष चलाउनु भनेर पठाएको भनेको आधारमा त्यसै वर्षदेखि यो नाच सुरु भएको किम्बदन्ती रहेको छ। दैवी शक्तिको आधारमा यो नाच चलिरहेको छ।’ नीलबाराही जङ्गलमा नाच सिकाएको ठाउँ अहिले पनि रहेको स्थानीयको भनाइ छ।

नाच अवधिभर देव गणले खान, भूईमा बस्न, कसैसँग बोल्न, घामपानीमा छाता ओड्न, दिसापिसाब गर्न तथा जुत्ता लगाउन हुँदैन भन्ने मान्यता छ भने नाच्नेले पनि निकै कडा नियमको पालना गर्नुपर्छ। देव गणले मुकुण्डो लगाएर घण्टौसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाहे भए पनि काँही बस्न पाइदैन, बस्नै परे पनि ज्वकालुको काखमा या जिउमा अडेस लगाएर बस्नुपर्छ। नाचको अगाडि र पछाडि बाल्ने चिराग पनि निभ्नु हुँदैन। बत्ती निभ्यो भने देवता हुनेको पेट दुख्ने तथा बान्ता आउँछ भन्ने जनविश्वास अझै रहेको छ। जात्रामा काटमार समेत गर्नु हुँदैन। परम्परागत नियमभन्दा बाहिर गए बोडेवासीलाई अनिष्ट हुने जनविश्वास अझै रहेको छ।

बिहानीपख देव गणलाई पूजा गर्ने स्थानीयको घुईंचो लाग्ने गर्छ। जात्रा पहिलो बिहान सकिन्छ, दोस्रो दिन भने बिहान चार बजे सुरू भएर साँझ सम्पन्न हुन्छ भने तेस्रो दिन बिहान सुरू भएर साँझ र चौथो दिन बिहानदेखि साँझसम्मनै निरन्तर चलिरहन्छ। नाचमा भुस्या बाजाः बजाउँदै आएका ६० वर्षीय तेजकुमार ब्याय श्रेष्ठले नाच द्यों क्षे अर्थात देवता घरबाट निकालेर टोलटोल परिक्रमा गराइने बताउँछन्। नाच निकाल्नु पहिला द्वितीयादेखि पूर्णिमासम्म ‘प्याँखा स्यनेगु’ अर्थात नाचको तयारी गरिन्छ। भगवान्प्रतिको आस्था र परम्परा जोगाउनकै लागि यहाँका बासिन्दाले नाचलाई निरन्तरता दिइरहेका छन्।

भैल प्याखँ अर्थात भैरव नाचः
मल्लकालीन तान्त्रिक लाय्कू भैलः अर्थात भैरव नाच पनि भाद्र कृष्ण द्वितीया (गुंलागा द्वितीया)देखि पञ्चमीसम्म चार रातभर प्रदर्शन गरिन्छ। मध्यपुरथिमि–४ लायकू दरबारमा लाय्कुमा नासःद्यो (नाट्यश्वरी)को साधना गरी भैलः प्याखँका देवगण निस्किएर बालकुमारी मन्दिर प्राङ्गणमा पुगेर साधना गरी प्रदर्शन गरिएको छ।

दैवी र तान्त्रिक शक्ति जगाएर नाचिने भैलः (भैरव) देवगण दथलय, मरुटोल, इनायलाछी, दिगुटोललगायतका टोलमा पुगेर प्याखँ (नाच) प्रदर्शन गरिएको छ। भैलः प्याखँका आज रातिसम्म नाचिने गुरु अर्जुन श्रेष्ठले जानकारी दिनुभयो। लाय्कु भैलः प्याखँमा न्हापाँ भैल (अघिल्लो भैरव) एक, लिपाँ भैल (पछिल्लो भैरव) एक, ज्यापुङ्गः एक, न्हापाँ दागीँ (अघिल्लो दागीँ) एक र लिपाँ दागीँ (पछिल्लो दागीँ) एक जना गरी कुल पाँच जना देवीदेवता रहन्छन्। यसवर्ष लाय्कु भैलःमा हृदय (सुकु) श्रेष्ठ ज्यापुंग, अर्जुन (चितुवा) श्रेष्ठ न्हापाँ भैल, सुलभ (सिबन्जा) श्रेष्ठ लिपाँ भैल, सन्देश (हामो) श्रेष्ठ न्हापाँ दाँगी र स्वयम (थापा) श्रेष्ठ लिपाँ दाँगीको भूमिकामा रहेको गुरु श्रेष्ठले जानकारी दिए।

त्यसैगरी बाद्यवादनतर्फ धाँ बाजा, भुस्या, मुवाली र पुँगा बजाउने वाद्यवादक तीस जनाभन्दा बढी रहेका छन्। यसका साथै प्याखँका कलाकारका सहयोगीसमेत करिव ५० जनाभन्दा बढीको टोली भैल प्याखँमा सहभागी रहेको श्रेष्ठले बताए।

लायकू भैलः नाच तान्त्रिक विधिअनुसार टोल टोलमा प्रस्तुत गर्ने र नाचमा भैरवले खड्ग, कुमारीले डमरु र ज्यापूँगले ज्यापूँग अर्थात कपालको बिंया, अक्षता, ताय् भएको भाडो, हातमा लिएर धाः बाजाको साथै नाचका लागि १२ जनाले दाग :, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चारजनाले मुहाली बजाई विभिन्न ३० देखि ३२ तालमा नाच्ने परम्परा रहेको नाचका गुरु अर्जुन श्रेष्ठले जानकारी दिनुभयो। लाय्कु भैलःको न्हापाँ भैलःलाई दिगु टोलको चण्डी भैल पनि भनिन्छ। चण्डी भैलः अथवा प्रचण्ड भैरव अष्ट भैरवको आठ रूपमध्ये एक रूपको रूपमा लिइन्छ। यो भैलको दायाँ हातमा खड्ग हुन्छ र यही खड्गलाई चलाउँदै बाजाको तालमा नाच्ने गर्दछ।

त्यस्तै लिपाँ भैलः प्याखँमा न्हापाँ भैलको पछाडी बस्ने गर्दछ। लिपाँ भैलःलाई क्वँचा भैल पनि भनिन्छ। यो भैलः बालकुमारीको भैलः द्यो हो। यसलाई बटुक भैरवको प्रतीकको रूपमा पनि लिइन्छ। यो भैलःको दायाँ हातमा खड्ग हुन्छ र यही खड्गलाई चलाउँदै बाजाको तालमा नाच्ने गर्दछ।

भैल प्याखँको न्हापाँ दागीँलाई बालकुमारीको प्रतिकको रूपमा लिइन्छ। बालकुमारी चण्डी भैलःको शक्ति देवी हो। नाचको क्रममा न्हापा दागीँ लिपाँ भैलःको पछाडि बस्ने गर्दछ। न्हापा दागीँको दाँया हातमा डमरु हुने गर्दछ। बाजाको तालमा डमरु बजाउँदैं नाच्ने गर्दछ। लिपाँ दागीँ महालक्ष्मीको प्रतिकको रूपमा लिइन्छ। नाचको क्रममा लिपाँ दागीँ न्हापा दागीँको पछाडि बस्ने गर्दछ। नाचको क्रममा भैरव र कुमारीले बेलाबेलामा क्रोधित भएर नाच्ने र ज्यापुंगले शान्त बनाउने गर्दछन् भने नाचका लागि १२ जनाले दागः, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चारजनाले मुहाली बजाई सुर ताल दिने संयोजक श्रेष्ठले जानकारी दि।

शास्त्रीय एवम् तान्त्रिक विधिको प्रयोग गरी देव गणहरुको शरीरमा शक्ति प्रवेश गराई नाच नचाउने परम्परा रहेको उहाँको भनाइ छ। उनीहरुलाई तीन सातादेखि प्रत्येक दिन साँझ नाच प्रर्दशनका लागि तान्त्रिक विधिको प्रयोग गरी प्रशिक्षण दिइएको थियो। मल्लकालीन लायकू भैलःनाच लायकू, दथुटोल, मरूटोल, बालकुमारी परिक्रमा गरी पुनः लायकू, दुईपोखरी, दिगु भैरवसम्म परिक्रमा गरी पुन लायकू दरबारमा पुर्‍याइन्छ। मन्त्रोचारण गरी नाच निकाली सकेपछि नाच समापन नभएसम्म देवगणले कसैको जुठो खान नहुने, शुद्ध भएर बस्नुपर्ने प्रावधान रहेको छ।

प्राचीनकालमा मध्यपुर थिमि क्षेत्रका बासिन्दालाई भूतप्रेत, पिसाचले दुःख हाहाकार मच्चाएका थिए। त्यसबाट मुक्ति पाउनका लागि लाय्कूका सञ्चालक सक्रिय भएर शास्त्रका विज्ञ, तान्त्रिक र विद्वानसँग छलफल गरी स्थानीय मानिसहरुमा तान्त्रिक विद्यामार्फतबाट मानिसको शरीरमा भैरव, कुमारीको शक्ति प्रवेश गराई क्रोधित मुद्रामा टोलटोलमा नचाएपछि भूतप्रेत टिक्न नसकेकाले त्यसपछि यो नाच चल्दै आएको किम्बदन्ती रहेको गुरु श्रेष्ठको भनाइ छ।

महाभारतमा आधारित सलचाँ प्याँख नाचिदै
मध्यपुर थिमि नगरपालिका–५ पोबुका स्थानीय बासिन्दा तथा सिद्धिकाली छत्र गुठीले यसवर्ष लोपोन्मुख सलचाँ प्याखँ नाचको प्रदर्शनी गरेको छ। मध्यपुरथिमिमा नौ वर्षपछि अर्थात यसवर्ष यो प्रदर्शनी गरेको हो। यो नाच पनि गाईजात्राको भोलिपल्ट अर्थात् साउन २६ गतेदेखि आजरातिसम्म सञ्चालन हुनेछ।

पाँच पाण्डवको प्रतीक स्वरूप उक्त नाचमा पाँच जना कलाकारको सहभागिता रहेको छ। महाभारतमा आधारित उक्त नाचमा पाँच पाण्डव १२ वर्ष वनबास र एक वर्ष गुप्तबास सकेर वर्षौंपछि विजयोत्सव गर्दै घोडामा फर्किएको प्रसङ्गलाई यो नाचमा नाटकीय ढङ्गले प्रस्तुत गरिएको छ। यस वर्ष नाचका लागि जस्टिन भासिमा, सोमेन भासिमा, क्रिसब भासिमा, रेमुन भासिमा र सफिन भासिमाले पाँच पाण्डबको स्वरूपमा धारण गरी ताीन्त्रक विधिअनुसार नाच प्रदर्शन गरिएको छ।

बिकुलाल भासिमा मुख्य गुरू र कान्छा भासिमा खि का गुरू रहेको यो नाचमा यसवर्ष पोबु, भुँलाखेल, बालकुमारी, लाय्कु, चपाचो, हात्तीमहाँकाल, गुङ्गचिवा, गार्चा, पाचोलगायतका स्थानमा प्रदर्शन गरेको छ। यो नाच यसअघि २०७४ सालमा निकालिएको थियो। मध्यपुरथिमिको अर्को प्रसिद्ध महाकाली नाच भने यसवर्ष कतै निस्किएन।

प्रकाशित: २०८२ साउन ३० गते शुक्रबार ०२:३५
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना