२०८३ कार्तिक २५ गते मङ्गलबार

मुक्तिनाथको खातामा साढे १० करोड

 |  सुन्दर थकाली
Sanket

सुन्दर थकाली

काठमाडौँ, साउन ३०
muktinath (7)

जोमसोमः मुक्तिनाथ विकास समितिको खातामा अहिले १० करोड ३९ लाख ९८ हजार आर्थिक मौज्यात छ । मुक्तिनाथ दर्शन गर्ने भक्तजनले चढाएको दान, रसिद काटेको र नगद भेटी गरी उक्त रकम जम्मा भएको हो।

मुक्तिनाथ विकास समितिका ५ वटा बैंक तथा वित्तीय संस्थामा ७ वटा बैंक खाता सञ्चालनमा छन्। बर्सेनि मुक्तिनाथ दर्शन गर्न आउने भक्तजनले चढाएको भेटी यहाँको नेपाल बैंक लिमिटेड, प्रभु बैंक, माछापुच्छ्रे बैंक, कृषि विकास बैंक लिमिटेड र सांग्रिला विकास बैंक लिमिटेडमा जम्मा हुने गरेको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए।

समितिको बैठकले सार्वजनिक गरेको आर्थिक प्रतिवेदन अनुसार यहाँको नेपाल बैंक लिमिटेडमा १२ लाख १६ हजार ६ सय ४८ रुपैयाँ, प्रभु बैंक लिमिटेडमा ९५ लाख ५९ हजार ८ सय ७३ रुपैयाँ, माछापुच्छ्रे बैंक लिमिटेडको खाता एकमा २ हजार १ सय १९ रुपैयाँ र खाता नं. दुईमा १५ हजार ४ सय ३१ रुपैयाँ छ।

कृषि विकास बैंक लिमिटेडमा ५ करोड ४५ लाख ६ हजार ७ सय २५ रुपैयाँ, सांग्रिला विकास बैंकको पहिलो खातामा २ लाख ९८ हजार ५९ रुपैयाँ र सोही बैंकको दोस्रो खातामा ३ करोड ८४ लाख रकम रहेको भुसालले उल्लेख गरे । मुक्तिनाथ दर्शन गर्न आउने भारतीय तथा अन्य विदेशी पर्यटकले चढाएको विदेशी मुद्रा मालपोत कार्यायल मुस्ताङ र जिल्ला प्रहरी कार्यालय मुस्ताङमा सुरक्षित रुपमा व्यवस्थापन गरिएको छ।

यहाँ विदेशी भक्तजनले चढाएको दान, भेटी सहज रुपमा सटही हुन नसक्दा मालपोत कार्यालय र प्रहरीको जिम्मा लगाइएको समितिले जनाएको छ । विदेशी मुद्रा सटही हुन बाँकी रहेकोमा अमेरिकी डलर ९ सय १८, मलेसियन रिङ्केट १ सय ५०, क्यानेडियन डलर १ सय, सिंगापुर डलर १५, अस्ट्रेलियन डलर २ सय र भारतीय मुद्रा १७ लाख १ हजार ५ सय ४८ रुपैयाँ मालपोत कार्यालय मुस्ताङले जिम्मा लिएको छ।

सटही हुन नसकेको भारतीय मुद्रा जिल्ला प्रहरी कार्यालय मुस्ताङमा जिम्मा लगाइएको समितिले जनाएको छ। मुक्तिनाथ विकास समितिले २०८१÷०८२ मा २२ लाख ६७ हजार ५८२ रुपैयाँ खर्च भएको जनाएको छ । उक्त खर्च कर्मचारीको तलब, कम्प्युटर तथा स्टेसनरी, कर दाखिला लगायत विभिन्न २१ शीर्षकमा भएको समितिले उल्लेख गरेको छ । समितिले २०८१÷०८२ मा भुक्तानी दिन बाँकी २० लाख ६७ हजार ३ सय २१ रुपैया रहेको जनाएको छ।

समितिले भौतिक व्यवस्थापन र दर्शनार्थीमैत्री पूर्वाधार निर्माणका लागि उक्त बजेट खर्च भएको गरेको हो। मुक्तिनाथ विकास समितिले मुक्तिनाथ क्षेत्र तथा मुक्तिनाथ मन्दिरसँग आवद्ध धार्मिक स्थल एवं दर्शनार्थी मैत्री पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको समितिका अध्यक्ष एवं प्रजिअ भुसालले जानकारी दिए। समितिले सम्बन्धित स्थानीय तहसँग लागत साझेदारी गर्ने गरी आवश्यक बजेट विनियोजन गरेको थियो।

मन्दिर परिसरमा सञ्चालित स्वास्थ्य सेवालाई थप गुणस्तरीय र भदपर्दो बनाउन, नेपाली सेनाद्वारा मन्दिर जाने सिंढी बाटोनेर बनाइएको हाइ अल्टिच्युड उपचार केन्द्र र रानीपौवा नजिक बनेको अस्पताल भवनमा स्वास्थ्य सेवा सञ्चालन गर्न, मुक्तिनाथ मन्दिरको फोहोरमैला व्यवस्थापन गर्न, कागबेनीधाममा नदी नियन्त्रण तथा श्राद्ध स्थल निर्माण गर्न यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकासँग १ करोड बजेट लागत साझेदारी गर्ने गरी बजेट विनियोजन गरेको समितिका कोषाध्यक्ष एवं वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए।

समितिको कार्यक्षेत्र भित्र पर्ने प्रसिद्ध धार्मिक स्थल दामोदरकुण्डमा सुविधायुक्त धर्मशाला र पदमार्गमा आवश्यकता अनुसार धर्मशाला, प्रतीक्षालय लगायतका पूर्वाधार निर्माण गर्न लोघेकर दामोदरकुण्ड गाउँपालिकासँग १ करोड बजेट लागत साझेदारी गर्ने गरी बजेट विनियोजन गरिएको समितिका कोषाध्यक्ष गुरुङले उल्लेख गरे।

मुक्तिनाथ प्रवेशद्वारबाट रानीपौवा बजार क्षेत्रमा छपनी ढुंगा बिच्छ्याउन वारागुङ मुक्तिक्षेत्र र स्थानीय समुदायसँग लागत साझेदारी गर्ने गरी १ करोड २० लाख बजेट विनियोजन गरिएको छ। समितिले मुक्तिनाथ मन्दिर दर्शन गर्न आउने पर्यटक तथा भक्तजनलाई लक्षित गरी हाइ अल्टिच्युड अर्थात लेक लाग्ने समस्याका कारण मृत्युसमेत हुने गरेकाले यसबाट जोगाउन लेक लाग्ने कारण र सर्तकता अपनाउने उपायबारे जनचेतना जगाउने भएको छ।

यसका लागि ५ लाख प्रति सूचनामूलक ब्रोसर र केही थान हाडिङ बोर्ड निर्माण गर्ने जनाइएको छ । होडिङ बोर्ड म्याग्दी र मुस्ताङको सीमा घासामा स्थापना गरिनेछ।

प्रकाशित: २०८२ साउन ३० गते शुक्रबार ०४:०९
प्रतिक्रिया

थप समाचार

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...

कोप-३१ मा पर्वत र जलवायुलाई छुट्टै एजेन्डा बनाउन नेपालको प्रस्ताव

नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए। तर, टर्कीको अन्ताल्यामा चलिरहेको सम्मेलनमा किर्गिस्तान, नेपाल...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना