२०८३ कार्तिक २५ गते मङ्गलबार

लण्डनमा कुलमानले भने- इञ्जिनियरहरुलाई नेपाल बस्ने वातावरण बनिरहेको छैन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ३०
unnamed-(1)-1755260511

लन्डन–  नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक  कुलमान घिसिङले विदेशमा सिकेको सीप नेपालको विकासमा लगाउन प्रवासमा कार्यरत नेपाली इन्जिनियरहरु लाई आग्रह गरेका छन्।

सोसाइटी अफ नेप्लिज इन्जिनियर्स यूके (सोने यूके) ले बिहीबार साउथ ह्यारोमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै  घिसिङले नेपाली इन्जिनियर हरुले देश तथा विदेशमा आफ्नो प्रतिभा देखाइ रहेको बताएका हुन्।

विदेशमा रहेका नेपाली इन्जिनियरहरुले धेरै राम्रो काम गरेका उनले बताए। ‘तर, उनीहरुलाई नेपालमा बस्ने वातावरण भइरहेको छैन’, उनले भने, ‘यसका लागि पनि तपाईंहरुकै योगदान आवश्यक छ।’

नेपालमा बत्तीको मात्र उज्यालो होइन, सुशासन, समृद्धि र आशाको उज्यालो छर्न पनि आफूले सामाजिक अभियान उज्यालो नेपाल अभियान शुरु गरेको उनले बताए। आफ्नो अभियानमा जोडिन आग्रह गर्दै घिसिङले यो अभियान राम्रो लिडरसीप जन्माउन भएको पनि प्रष्ट्याए।

वंशजको नेपाली नागरिकता निरन्तरता मुद्दा समाधान गरेमात्र पनि नेपालमा विदेशका नेपालीबाटै यथेष्ट लगानी भित्रिने उनको भनाइ थियो।

आफ्नो कार्यकाल शुरु हुंदा ९ वर्ष अगाडि १६ घण्टासम्मको लोडसेडिङ रहेको देशमा त्यसलाई अन्त्य गरि ९० अर्ब रुपैयांसम्म नाफामा लान सम्भव भएको उनले बताए।

उनले हाल ४ हजार मेगावाट उत्पादन र झण्डै ७ हजार मेगावाट बिजुली निर्माणाधिन अवस्थामा रहेको जनाउंदै  निजी क्षेत्र खुल्ला गरिएपछि गत  ८ वर्ष यता झण्डै ५ गुणा बढी बिजुली उत्पादन भएको बताए।

घिसिङले क्रस बोर्डर ट्रेडबारे उल्लेख गर्दै अहिले नेपालले भारत र बंगलादेशमा करिब एक हजार मेगावाट विद्युत निर्यात गरिरहेको समेत जनाए।

गत वर्ष १७ अर्ब रुपियाँ बराबरको बिजुली निर्यात हुंदा आयात १२ अर्ब रुपैयां मात्र भएको उनले  बताए ।

उनले नेपाल अहिले विद्युतीय सवारी साधन चल्ने देशमा विश्वकै अग्रपंक्तिमा रहेको बताए। १५ गुणासम्म सस्तो हुने भएकाले अहिले विद्युतीय सवारी साधन गाउं गाउं पुगेको उनले सुनाए।

विद्युतका कारण राम्रो वातावरणीय प्रभाव परेको उल्लेख गर्दै उनले ग्रीन हाइड्रोजन नेपालको अर्को उर्जाको श्रोत हुने औंल्याए। र, यो क्लिन इनर्जी युरोप निर्यात गर्न समेत सकिने उनको धारणा थियो।

सोने यूके अध्यक्ष वरिष्ठ इन्जिनियर सुवोध तिमिल्सिनाले प्रमुख अतिथी घिसिङ एवं सहभागी सबैप्रति आभार व्यक्त गरे। अध्यक्ष तिमिल्सिनाले घिसिङसंग गहन छलफल भएकामा उनीप्रति धन्यवाद व्यक्त गर्दै विकासको आधारशीला नै उर्जा क्षेत्र भएको बताए।

इन्जिनियर विजय गुरुङले  आफ्ना महत्वपूर्ण अनुभव सेयर गरेकोमा घिसिङप्रति आभार व्यक्त गरे। सो अवसरमा महासचिव मनोज पुनले स्वागत मन्तव्य दिए भने कार्यक्रम सञ्चालन सचिव संगीता पोख्रेलले गरेकी थिइन्।

अमेरिकाको दुइ साता लामो यात्रा पछि घिसिङ गत सोमबार बेलायत आइ पुगेका हुन्।  उनले केही युरोपेली देशहरुको पनि भ्रमण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

प्रकाशित: २०८२ साउन ३० गते शुक्रबार ०७:५३
प्रतिक्रिया

थप समाचार

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...

कोप-३१ मा पर्वत र जलवायुलाई छुट्टै एजेन्डा बनाउन नेपालको प्रस्ताव

नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए। तर, टर्कीको अन्ताल्यामा चलिरहेको सम्मेलनमा किर्गिस्तान, नेपाल...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना