राजधानीबाट चोरी भएका ४१ वटा मोटरसाइकल र स्कुटर फेला पारेर सवारी धनीलाई जिम्मा दिइएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले हराएका २९ मोटरसाइकल र २२ वटा स्कुटर फेला पारेर सवारी धनीलाई जिम्मा लगाएको हो।
ट्राफिक प्रहरीले वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा जगाती, ठिमी, थली, नरेफाँट, काडाँघारी, लैनचौर, चापागाउँ नयाँबानेश्वर, हात्तिसार,एयरपोर्ट,सिफल,पुरानोबसपार्क, स्वयम्भू, गोकर्ण, सुन्दरीजल, कपन, धापाखेल, गल्फुटार, नेपालटार,नयाँबसपार्क र बालाजुसमेतका स्थानबाट फेला पारेको हो।
ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८०र०८१ मा ४ सय १७, आव ०८१र०८२ मा ५ सय ३ वटा हराएका मोटरसाइकल र स्कुटर फेला पारेर सम्बन्धित धनीलाई जिम्मा दिएको छ।
