कुवेतमा केही दिनअघि विषादी रहेको मदिरा सेवन गरेका ११ जना नेपालीको मृत्यु भएको छ।
विषादी भएको मदिरा खाएर १ सय ६० जना बिदेशी कामदार बिरामी परेका थिए। तीमध्ये २० जनाको मृत्यु भएको हो। बिरामी परेकामा ११ जनाको मृत्यु र ४० जना नेपालीको उपचार भइरहेको छ।
मिथानोल मिसाएर बनाएको मदिरा सेवन गर्दा कुवेतमा काम गर्न पुगेका आप्रवासीहरुको मृत्यु भएको हो। कुवेतस्थित नेपाली दूतावासका श्रमसहचारी गिरीप्रसाद आचार्यका अनुसार बिरामीमध्ये केहीको अवस्था गम्भीर छ।


