२०८३ साउन १३ गते बुधबार

शंखमूलमा खुल्यो ‘करेन्ट पोइन्ट’को तेस्रो शाखा 

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ९
Current Point Sankhamul

काठमाडौँ-  हट एण्ड स्पाइसी नुडल्स करेन्ट चाउचाउ उत्पादक कम्पनी यसोदा फुड्सले सञ्चालन गर्ने ‘करेन्ट पोइन्ट’को तेस्रो शाखा काठमाडौँको शंखमूलमा पनि खुलेको छ। बुटवल र अनामनगरका आउटलेटहरू सफल बनेपछि तीजको दरखाने दिनको शुभ अवसर पारी यसोदा फुड्सले नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो।

करेन्ट पोइन्टको नयाँ शाखामा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन्। यहाँ ग्राहकले नूजा, यम्मी स्लर्प, क्रिस्पी रोल्स, र चिज पकेटजस्ता बिल्कुलै नयाँ र आकर्षक परिकारहरूको स्वाद लिन पाउनेछन्। साथै, ग्राहकहरूले आफ्नो रुचि अनुसारको मसला र स्वाद पनि रोज्न सक्नेछन्।

विशेष गरी युवापुस्तामाझ लोकप्रिय रहेको करेन्ट चाउचाउको यो नयाँ आउटलेटले काठमाडौंवासीलाई नौलो र डेलिसियस स्वादको अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ। करेन्टका पारखीहरूले अब शंखमूलमा रहेको करेन्ट पोइन्टमा गई विभिन्न प्रकारका स्वादिष्ट र चट्पटा नुडल्सको मजा लिन सक्नेछन्।

समारोहमा बोल्दै यसोदा फुड्सका अध्यक्ष श्री चुन्न प्रसाद पौडेलले बुटवल र अनामनगरमा करेन्ट पोइन्टले पाएको अपार माया र सफलताले आफूहरुलाई काठमाडौंमा थप विस्तारका लागि उत्साहित बनाएको बताए। उनले भने, ‘काठमाडौंका नुडल्स पारखीहरू, विशेषगरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि शंखमूललाई पनि एउटा उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो। हामी आशा गर्दछौं, हाम्रो यो नयाँ यात्राले यहाँका उपभोक्ताहरूको स्वादको चाहनालाई अझ नयाँ उचाइमा पूरा गर्नेछ।’

उक्त उद्घाटन समारोहमा यसोदा फुड्सका ग्लोबल सीईओ जीपी शाहले करेन्ट पोइन्ट र करेन्ट स्न्याक्स तथा नुडल्स रेन्जको बारेमा जानकारी गराएका थिए।

सन् २०१७ मा स्थापित यसोदा फुड्स प्रा. लि. नेपालको एक अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो। गुणस्तर र नवीनताप्रति प्रतिबद्ध यस कम्पनीले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ। कम्पनीले ’करेन्ट’ ब्रान्ड अन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट चाउचाउहरू उत्पादन गर्दछ, जुन विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छ।

’करेन्ट’ बाहेक, कम्पनीले चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्स, तथा अन्य विभिन्न प्रकारका खाजाहरू (स्न्याक्स) पनि उत्पादन गर्दै आएको छ। स्थानीय नेपाली स्वादलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा प्रस्तुत गर्नु यसोदा फुड्सको मुख्य विशेषता हो। आफ्ना उत्पादनहरू नेपालभरि र विश्वका २२ भन्दा बढी देशहरूमा निर्यात गर्दै कम्पनीले नेपाली उत्पादनलाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

प्रकाशित: २०८२ भदौ ९ गते सोमबार ०१:४८
प्रतिक्रिया

थप समाचार

तोलामा ४३ सयले सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँः आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार...

रश्मी मृत्यु प्रकरणः निष्पक्ष छानबिन गर्न कर्मचारी संघको माग

काठमाडौँः नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले सानिमा क्यापिटलका कम्प्लायन्स अफिसर रश्मी रिजालको मृत्यु प्रकरणको निष्पक्ष, स्वतन्त्र र वैज्ञानिक छानबिन गर्न सरकारसँग माग गरेको छ। संघले...

ई–कमर्समा नयाँ अभ्यासः उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

काठमाडौँ: नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ आगामी साउन १३ गते हुने भएको छ। नेपाली उपभोक्ताले कारखानाबाट आफ्नो घरसम्म पुग्ने क्रममा हुने अनावश्यक...

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

काठमाडौँ: नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा सहुलियत दिने उद्देश्यले काठमाडौंको पुतलीसडकस्थित ओरल एन्ड डेन्टल क्लिनिक प्रालिसँग विशेष साझेदारी गरेको छ। सम्झौताअनुसार...

सानिमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा २.८३ अर्ब

काठमाडौँः सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना