काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा भिआइपी कक्ष सञ्चालनमा आएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले भिआइपीको सुविधा र सुरक्षाका लागि आन्तरिक विमानस्थलमा छुट्टै कक्ष बनाएको हो।
चाम्से कन्स्ट्रक्सनले तोकिएको समयमै निर्माण सम्पन्न गरेपछि आन्तरिक टर्मिनल भवनमा भिआइपी कक्ष सोमबार प्राधिकरणलाई हस्तान्तरण गरिएको। हस्तान्तरण गरिएको सो भिआइपी कक्षको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले नयाँ प्राधिकरणले नयाँ संरचना पाएकोमा खुशी व्यक्त मात्र गरेर समयमै संरचना गर्नेहरुलाई धन्यवाद दिए।
यसअघि त्रिभुवन आन्तरिक विमानस्थलभित्र रहेको भिआइपी कक्षलाई अहिले बाहिर सारेको हो। यसअघि आन्तरिक टर्मिनल भवनको भित्रपट्टी गोप्य ठाउँबाट भिआइपीको सेवा दिइएको थियो।


