कैलालीः कैलालीमा खोलामा डुबेर चार जना किशोरको मृत्यु भएको छ।
बिहीबार दिउँसो करिब २ बजेतिर गोदावरी नगरपालिका-९ खुटिया खोलामा चार जना किशोरको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंह अनुसार ती किशोरहरु सो खोलामा पौडी खेल्न गएका थिए। तर के कति कारणले उनीहरुको मृत्यु भयो भन्नेबारे प्रहरीले केही बताएको छैन।
मृतक अन्दाजी १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय देव भण्डारी, १७ वर्षीय जावेज भण्डारी र १७ वर्षीय प्रतीक चौधरी छन्।


