काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ०८२ सालको दसैँ, तिहार र छठलाई लक्षित गर्दै नयाँ योजना सार्वजनिक गरेको छ । पर्वको खुसी साट्न लगातार नौ हप्तासम्म चल्ने गरी ‘यो दसैँतिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता एक लाख’ उपहार योजना ल्याएको हो ।
सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत ‘लक्की ड्र’मार्फत हरेक हप्ता एकजनालाई एक लाख र हरेक दिन सबैले सिटी पेबाट क्यासब्याक पाउने छन् । कम्पनीका अनुसार, यस अफर भदौ १६ देखि कार्तिक १५ गतेसम्म लागु हुनेछ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १९ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ । साथै, ‘सिटी पे’बाट रेमिट्यान्स भुक्तानी पनि गर्न सकिन्छ ।


