२०८३ कार्तिक १६ गते आईतबार

भत्केको र जलेको भवनमा काम गर्न सकिने अवस्था छैन : मिश्र

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २९
vijaya_mishra

काठमाडौं। नेपाल कानुन व्यवसायी परिषद्का उपाध्यक्ष एवं नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजय प्रसाद मिश्रले हालको अवस्थामै न्यायिक कामकाज सञ्चालन गर्नु असमभवजस्तै रहेको बताएका छन्। उनले उपयुक्त संरचना, सुरक्षाको प्रत्याभूति र अनुकूल वातावरणबिना काम अघि बढाउन सकिने अवस्था नरहेको स्पष्ट पारे।

‘काम गर्नको लागि बस्ने ठाउँ निर्माण हुनुपर्छ, राम्रो वातावरण चाहिन्छ, सुरक्षा प्रबन्ध हुनुपर्छ,’ उपाध्यक्ष मिश्रले भने, ‘त्यसपछि मात्र काम गर्ने कुरा आउँछ। अहिलेको भत्केको र जलेको भवनमा काम गर्न सकिने अवस्था छैन।’ उनले बार एसोसिएसनको अवस्था पनि समान रहेको भन्दै हाल न्यायिक प्रक्रिया लगभग अवरुद्ध भएको बताए। ‘कामकारवाही अवरुद्ध छ, सेवा प्रवाह असम्भवजस्तै छ,’ उनले भने।

घटनाको अनुसन्धान आवश्यक रहेको धारणा राख्दै मिश्रले जेनजीको सुरुवातमा सुशासन र भ्रष्टाचारविरोधी नारामा उठान गरिए पनि पछिल्लो घटनाक्रमले शंका उब्जाएको बताए।

हाल सेवाग्राहीलाई आफ्नो उपस्थितिमा नाम टिपाउने, म्याद गुज्रिएको छैन भन्ने सुनिश्चित गर्दै अदालत जाने व्यवस्था मिलाइएको छ। स्थिति सहज भएपछि थुनुवा, महिला तथा राष्ट्रिय सरोकारका मुद्दालाई प्राथमिकतामा राखी अदालतमा लैजाने तयारी भइरहेको मिश्रको भनाइ छ।
उनका अनुसार अदालतबाट पुराना मिसिलहरू पक्ष–विपक्षसँग संकलन गर्ने प्रक्रिया सुरु भएको छ। साथै, बार बिल्डिङ पुनर्निर्माण कसरी गर्न सकिन्छ भन्ने जानकारी लिन आफूहरू स्थलगत अवलोकनमा आएको पनि उनले जानकारी दिए।

उनले भने, ‘जेनजीहरूको सुरुमा शुसासन र भ्रष्टाचारविरोधी भन्ने मात्रै थियो। अब यसमा छानबिन गर्नुपर्ने अवस्था छ। सेवाग्राहीले अहिले आफ्नो उपस्थितिमा नाम टिपाउने हो। आफ्नो तारिक म्याद गुज्रिएको छ कि छैन अदालतबाट निस्सा लिएर जाने हो। त्यसपछि स्थिति सहज बनेपछि थुनुवाको मुद्दा, महिलाको मुद्दा, राष्ट्रिय सरोकारका मुद्दाहरूमा अदालत जाने भन्ने हाम्रो सुझाव रहेको छ। अदालतबाट पुराना मिसिलहरू पक्ष विपक्षसँग संकलन गर्ने। हामी पनि केही काम सघाउनका लागि बार बिल्डिङको कसरी पुर्ननिर्माण हुन्छ भन्ने कुरा हेर्न आएका हौं।’

प्रकाशित: २०८२ भदौ २९ गते आईतबार ०६:०५
प्रतिक्रिया

थप समाचार

गोलबजारका पूर्वमेयर तेलीसहित ७ जनाविरुद्ध १ करोड ६० लाखको मुद्दा

काठमाडौँ: सिरहाको गोलबजार नगरपालिका पूर्वमेयर देवनाथ साहु तेलीसहित ७ जनाविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा तेलीसहित तत्कालीन उपप्रमुख...

किन पक्राउ परे लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट ?

काठमाडौँ: लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार साँझ उनलाई प्रहरीले ललितपुरको सानेपाबाट पक्राउ गरेको हो। उच्च तहको ‘सेटिङ’ (फिक्सिङ)...

यसै वर्ष आर्थिक सुधारका २७ नयाँ कानुन ल्याउन सरकारको तयारी

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि सरकारले चालू आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने बताएका छन्। शुक्रबार आयोजित नेपाल पूर्वाधार सम्मेलन २०२६ तयारी सम्बन्धी...

सर्वोच्चले धरौटीमा छाडेका शंकर ग्रुपका अध्यक्ष अग्रवाललाई थुनामा पठाउन विशेषको आदेश

काठमाडौँ: विशेष अदालतले शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई थुनामा पठाउन आदेश गरेकाे छ। न्यायाधीशत्रय वाशुदेव  आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले अग्रवाललाई थुनामा पठाउन आदेश...

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा पक्राउ

काठमाडौं। पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो। उनलाई राती ३ बजे पक्राउ गरेर ल्याइएको जानकारी प्रहरी...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना