काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेपछि १ घण्टाका लागि स्थगित भएको छ। आइतबारको बैठक सुरू हुनेबित्तिकै एमालेका सांसदहरू उठेर विरोध गरेपनि सभामुखले पटकपटक प्रयास गर्दा पनि बैठक सञ्चालन गर्न नसकेपछि स्थगित भएको हो।
एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिए। नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको कालापानीलगायतका भूमि दिएर अन्य कुनै स्थानको भूमी लिन सकिने भनेर दिएको अभिव्यक्तिप्रति एमालेलगायतले सदनमा विरोध गरेका हुन्। एमालेको विरोधलाई राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि साथ दिएको छ।
यी विषयमा प्रधानमन्त्रीले सदनलाई जवाफ नदिएसम्म बैठक चल्न नदिने अडानमा एमाले छ। आइतबार बैठक सुरू हुनेबित्तिकै एमालेलगायतका प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध गरेका थिए।
एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिए। गिरीले गैरसंवैधानिक बाटोबाट नागरिकता विधेयक प्रमाणीकरण गरेको उल्लेख गरे। राष्ट्रपतिले २०५७ सालमा प्रमाणीकरण नभएको विधेयक प्रमाणीकरण गरिदिए के हुने भन्दै एमाले सचेतक गिरिले प्रश्न उठाएका थिए।


