२०८३ कार्तिक २२ गते शनिवार

तमोर–मेवा आयोजनालाई जुट्यो लगानी, सिद्धार्थ बैंकको अगुवाईमा साढे १७ अर्ब ऋण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २३
tamor

काठमाडौं। स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले बनाइरहेको १२८ मेगावाटको तमोर–मेवा जलविद्युत आयोजनालाई लगानी जुटेको छ।

आयोजनामा सिद्धार्थ बैंकको अगुवाइ तथा माछापुच्छ्रे बैंकको सहअगुवाइमा बिहीबार ऋण लगानी सम्झौता भएको छ। कम्पनीका अध्यक्ष श्रवणकुमार गोयल र सिद्धार्थ बैंकका कर्पोरेट क्रेडिट हेड अमित श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सहवित्तीयकरण संरचनामा सिद्धार्थ र माछापुच्छ्रेका साथै कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, ज्योति विकास बैंक, आईसीएफसी फाइनान्स लिमिटेड, नेपाल फाइनान्स लिमिटेड र गुडविल फाइनान्स लिमिटेडको ऋण लगानी हुने भएको छ।

आयोजनाको अनुमानित लागत २३ अर्ब ४ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ। सोमध्ये ७५ प्रतिशत सहवित्तीयकरण प्रणालीमार्फत ऋण लगानी हुने भएको छ।

बाँकी २५ संस्थापकहरुबाट स्वपूँजी (इक्विटी) जुटाइने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुले १७ अर्ब ६८ करोड रुपैयाँ ऋण र बाँकी पाँच अर्ब ७३ करोड रुपैयाँ प्रवद्र्धकहरुले स्वपुँजी लगानी गर्ने भएका छन्।

स्पार्क हाइड्रोले २०७७ साल असोज २५ गते विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) प्राप्त गरिसकेको छ। वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन (इआईए) २०७५ असार ३१ गते वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेको कम्पनीले जनाएको छ।

स्पार्क हाइड्रोइलेक्ट्रिक र नेपाल विद्युत प्राधिकरणबीच २०८० असोज २४ मा विद्युत खरिद बिक्री सम्झौता(पीपीए) भइसकेको छ।

आयोजनाको निर्माण शुरु भइ मुख्य संरचनाहरुको प्रारम्भिक कार्यहरु सम्पन्न गरिएको गरिएको कम्पनीले जनाएको छ।

निर्माण कार्यलाई निरन्तरता दिइ २५ प्रतिशत भौतिक प्रगतिसहित द्रुत गतिमा आयोजनाको काम भइरहेको कम्पनीका सञ्चालक भानेन्द्रकुमार लिम्बुले नेपाल क्लिक्सलाई बताए।

आयोजनाको व्यापारिक उत्पादन मिति २०८५ असोज २५ गते तय गरिएको छ। सो बमोजिम कम्पनीले आगामी ३.५ वर्षभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिएको लिम्बुले जानकारी दिए।

कम्पनीले १९ अर्ब ३० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ। स्पार्कले डबल बी माइनस स्कोर पाएको छ। गत असारसम्म संस्थापकहरुले आवश्यक इक्विटीको १५ प्रतिशत खर्च गरिसकेका छन्।

कूल अनुमानित लागत आधार मान्दा आयोजना बनाउन प्रतिमेगावाट १७ करोड ८० लाख रुपैयाँ लाग्ने देखिएको छ। लागतको हिसावले आयोजना सस्तो देखिएको छ। आयोजनाबाट वार्षिक ८२ करोड युनिट विद्युतीय ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ।

प्राधिकरणले विकासकर्ता स्पार्कसँग बर्खाको ६ महिनामा प्रतियुनिट ४.८० र सुक्खायाममा ८.४० रुपैयाँमा पीपीए गरेको छ। कम्पनीले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यवृद्धि पाउने भएको छ।

२६ अर्ब लगानीमा तमोर मेवा जलविद्युत आयोजना बन्दै, सुरुङ खन्न टीबीएम प्रयोग हुने

१२८ मेगावाटको लेउ वा देउ (टेक अर पे) मा पीपीए भएको छ। बाँकी १७ मेगावाट पीपीए हुन बाँकी रहेको स्पार्कले जनाएको छ। पीपीए हुन बाँकी भएकालले पहिलो चरणमा १२८ मेगागाटको मात्र लगानी जुटेको उनको भनाई छ। बाँकी १७ मेगावाटको पीपीएपछि बैंकहरुले थप ऋण लगानी गर्ने लिम्बुले बताए।

सरकारले पहिलो १० वर्ष पुरै कर छुट र थप पाँच वर्ष आधा गरी १५ वर्ष कर सहुलियत दिएको छ। यसबाट आयोजनाले लाभ पाउनेछ।

परियोजनाबाट उत्पादित बिजुली ६.३ किलोमिटर लामो प्रसारण लाइनबाट २२० केभी हाङपाङ (ढुङ्गेसाँगु) सबस्टेशनमा जोड्न प्रस्ताव गरिएको छ। यो सबस्टेशन सञ्चालनमा आइसकेको छ।

पाँच किलोमिटर सुरङ खन्न टनेल बोरिङ मेशिन (टीबीएम) प्रयोग हुने सञ्चालक लिम्बुले जानकारी दिए।

मेवाखोलाको पानीसमेत तमोर नदीमा मिसाएर बनाइने उक्त आयोजनाको काम सुरु भएको पाँच वर्षभित्र बिजुली उत्पादन गर्ने लक्ष्य छ।

आयोजनाबाट फुङ्लिङ नगरपालिका वडा नम्बर १, २, ३ र ९, मिक्वाखोला गाउँपालिका वडा नम्बर १, २ र ३, मेरिङ्देन वडा नम्बर ३ तथा आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर २, ३ र ५ प्रभावित हुनेछ।

स्पार्कले यसअघि नै प्रभावित क्षेत्रमा सार्वजनिक सुनवाइ तथा इआइएलगायत सबै कार्य सम्पन्न गरिसकेको जनाएको छ। आयोजनाको शियान्यास २०८१ जेठमा भइसकेको छ।

प्रकाशित: २०८२ असोज २३ गते बिहिबार १०:२९
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना