२०८३ कार्तिक २२ गते शनिवार

२६ अर्ब लगानीमा तमोर मेवा जलविद्युत आयोजना बन्दै, सुरुङ खन्न टीबीएम प्रयोग हुने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २०
tamor_mewa

काठमाडौं- पछिल्लो समय निजी लगानीमा ठूला जलविद्युत आयोजना निर्माण हुन थालेका छन्। जलविद्युतमा नेपाली लगानीकर्ताको क्षमता विस्तार भइरहेको छ।

निजी लगानीमा स्थापना भएको स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले १४५ मेगावाटको तमोर–मेवा जलविद्युत आयोजना बनाउन लागेको छ।

नदीको वहावमा आधारित (आरओआर) आयोजना बनाउन २५ अर्ब ७३ करोड ८० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। कूल लागत मध्ये १९ अर्ब ३० करोड रुपैयाँ बैंकको ऋण र बाँकी छ अर्ब ४३ करोड ८० लाख रुपैयाँ संस्थापकहरुको स्वपुँजी (इक्विटी) लगानी हुने कम्पनीले जनाएको छ।

७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना तयार पारिएको स्पार्कले जनाएको छ । आयोजना बनाउन आवश्यक वित्तीय व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको र एक महिनाभित्र पुरा हुने स्पार्कका अध्यक्ष भानेन्द्रकुमार लिम्बुले नेपाल क्लिक्सलाई बताए।

उनले नबिल, सिद्धार्थ र ग्लोबल आईएमई मध्ये कुनै बैंकको अगुवाईमा १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापन हुने जानकारी दिए। आयोजना आगाम २०८५ असोजमा सम्पन्न गर्ने लक्ष्य लिएको सुनाए।

कम्पनीले १९ अर्ब ३० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ। स्पार्कले डबल बी माइनस स्कोर पाएको छ।

कुल आवश्यक ऋणको २६ प्रतिशतका लागि अवधि पत्रमा हस्ताक्षर गरिएको छ र बाँकी ऋण भागको लागि वित्तीय बन्दोबस्त अझै प्राप्त भएको छैन। गत असारसम्म संस्थापकहरुले आवश्यक इक्विटीको १५ प्रतिशत खर्च गरिसकेका छन्।

कूल अनुमानित लागत आधार मान्दा आयोजना बनाउन प्रतिमेगावाट १७ करोड ८० लाख रुपैयाँ लाग्ने देखिएको छ। लागतको हिसावले आयोजना सस्तो देखिएको छ।  आयोजनाबाट वार्षिक ८२ करोड युनिट विद्युतीय ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ।

प्राधिकरणले विकासकर्ता स्पार्कसँग बर्खाको ६ महिनामा प्रतियुनिट ४.८० र सुक्खायाममा ८.४० रुपैयाँमा पीपीए गरेको छ। कम्पनीले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यवृद्धि पाउने भएको छ।

१२८ मेगावाटको लेउ वा देउ (टेक अर पे) मा विद्युत खरिद सम्झौता (पीपीए) भएको छ। बाँकी १७ मेगावाट पीपीए हुन बाँकी रहेको स्पार्कले जनाएको छ।

आवश्यक व्यावसायिक सञ्चालन मितिभित्र आयोजना सम्पन्न भएन भने कम्पनीले ढिलाइ जरिवाना तिर्नुपर्नेछ। यसबाहेक ६ महिनादेखि १८ महिनासम्म ढिलाइ भयो भने, ट्यारिफ दर वृद्धिमा प्रतिबन्धात्मक लाग्नेछ।

सरकारले पहिलो १० वर्ष पुरै कर छुट र थप पाँच वर्ष आधा गरी १५ वर्ष कर सहुलियत दिएको छ। यसबाट आयोजनाले लाभ पाउनेछ ।

परियोजना निर्माणको प्रारम्भिक चरणमा छ र अहिलेसम्मको भौतिक प्रगतिमा पहुँच सडक निर्माण पूरा हुनु र आवश्यक जग्गाको लगभग ७० प्रतिशत अधिग्रहण समावेश छ। बैंकसँग ऋण सम्झौता हुन बाँकी रहे पनि स्वपुँजीबाट २२ प्रतिशत काम पुरा गरेको अध्यक्ष लिम्बुले बताए।

परियोजनाबाट उत्पादित बिजुली ६.३ किलोमिटर लामो प्रसारण लाइनबाट २२० केभी हाङपाङ (ढुङ्गेसाँगु) सबस्टेशनमा जोड्न प्रस्ताव गरिएको छ। यो सबस्टेशन सञ्चालनमा आइसकेको छ।

पाँच किलोमिटर सुरङ खन्न टनेल बोरिङ मेशिन (टीबीएम) प्रयोग हुने अध्यक्ष लिम्बुले जानकारी दिए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्कलाई विद्युत उत्पादन इजाजतपत्र (लाइसेन्स) दिइसकेको छ।

मेवाखोलाको पानीसमेत तमोर नदीमा मिसाएर बनाइने उक्त आयोजनाको काम सुरु भएको पाँच वर्षभित्र बिजुली उत्पादन गर्ने लक्ष्य छ।

आयोजनाबाट फुङ्लिङ नगरपालिका वडा नम्बर १, २, ३ र ९, मिक्वाखोला गाउँपालिका वडा नम्बर १, २ र ३, मेरिङ्देन वडा नम्बर ३ तथा आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर २, ३ र ५ प्रभावित हुनेछ।

स्पार्कले यसअघि नै प्रभावित क्षेत्रमा सार्वजनिक सुनवाइ तथा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) लगायत सबै कार्य सम्पन्न गरिसकेको जनाएको छ। आयोजनाको शिल्यान्यास २०८१ जेठमा भएको हो।

 

 

प्रकाशित: २०८२ भदौ २० गते शुक्रबार ०९:३३
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना