काठमाडौं। कामना सेवा विकास बैंकको अध्यक्षमा सुदीप आचार्य अर्को चार वर्षका लागि पुनः निर्विरोध निर्वाचित भएका छन्।
शुक्रबार सम्पन्न १९औँ वार्षिक साधारणसभाले आचार्यलाई सञ्चालक बनाएको थियो। त्यस लगत्तै बसेको सञ्चालक समितिको ४०१औँ बैठकबाट आचार्यलाई अध्यक्षमा चयन गरिएको हो ।
यसैगरी सभाले संस्थापक समूहअन्तर्गत अध्यक्ष आचार्यसहित भीमप्रसाद तुलाचन, चतुराखर अधिकारीलाई निर्वाचित गरेको छ। सर्वसाधारण समूहअन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र पवनकुमार शर्मा निर्विरोध चयन भएका छन्।
