२०८३ साउन १३ गते बुधबार

भोटेकोशी आयोजनाबाट जेनजीले १९ करोडको शेयर पाउने, कम्पनीको जमानीमा बैंकबाट ऋण लिइने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २७
Bhotekoshi

काठमाडौँ: तारा म्यानेजमेन्ट प्रालिले सञ्चालन गरिरहेको भोटेकोशी आयोजनाबाट जेनजी समूहले १० प्रतिशत शेयर पाउने भएका छन्। जेनजीले भोटेकोशी पावर कम्पनीबाट १९ करोड रुपैयाँ बराबरको शेयर पाउने भएका हुन्।

नेपाल–चीन सीमा नजिक रहेको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा रहेको भोटेकोशी पावरले ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजना प्रभावित स्थानीयले स्थापना गरेको भोटेकोशी जेनजी पब्लिक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडलाई १० प्रतिशत शेयर दिने सहमति गरेको भोटेकोशी पावरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विक्ररत्न स्थापितले नेपाल क्लिक्सलाई बताए।

उनका अनुसार प्रतिकित्ता १०० रुपैयाँमा १९ करोड रुपैयाँ शेयर भोटेकोशी जेनजीलाई दिने भएको छ। कम्पनीको चुक्तापुँजी एक अर्ब ९० करोड रुपैयाँ रहेको छ।

शेयर दिने विषयमा भोटेकोशी पावर कम्पनी र भोटेकोशी जेनजी पब्लिकबीच आइतबार सम्झौता भएको छ। सीईओ स्थापितले कम्पनीलाई निःशुल्क शेयर दिने सहमति नगरेको स्पष्ट पारेका छन्। भोटेकोशी पावर र जेनजीबीच भएको सम्झौताअनुसार अंकित मुल्य १०० रुपैयाँमा शेयर दिने सहमति भएको छ।

शेयर खरिदका लागि भोटेकोशी पावरले बैंक जमानी बसेर लगानीकर्तालाई ऋण दिलाउने भएको छ। उक्त ऋण आयोजनाबाट प्राप्त हुने लाभांशबाट भुक्तानी गर्ने सहमति भएको छ। लाभांशबाट फछ्यौट नभएमा दोस्रो पक्षले बाँकी कर्जा बराबरको रकम सकार्ने सहमति गरिएको छ।

जेनजी आन्दोलनपछि आयोजना प्रभावित भोटेकोशी गाउँपालिकाको एक स्थानीय समूहले जेनजी ग्रुप बनाउँदै उसका नाममा १० प्रतिशत निःशुल्क शेयर मागेर गत भदौ २५ गतेदेखि आयोजना बन्द गरेको थियो। आयोजना बन्द गर्दा कम्पनीलाई करोडौँ रुपैयाँ नोक्सान भएको छ।

आयोजना सञ्चालनमा आउँदासम्म आयोजना प्रभावितलाई शेयर दिनुपर्ने व्यवस्था थिएन। स्थानीयलाई पनि जलविद्युतको मालिक बनाउन पछि न्यूनतम् १० प्रतिशत शेयरको व्यवस्था सरकारले गरेको हो। २०७१ मा स्थानीयले शेयर माग गर्दै आन्दोलन गरेपछि भोटेकोशी पावरले ६ प्रतिशत शेयर दिने सहमति गरेको थियो। २०७२ को विनासकारी भूकम्प र बाढीले आयोजनामा ठूलो क्षति गरेपछि उक्त सहमति कार्यान्वयनमा आएको थिएन।

भोटेकोशी पावरले आयोजना प्रभावितलाई दिने भनेको १० प्रतिशत शेयर २०७१ पुस ९ को सम्झौताबमोजिम ६ प्रतिशतमा ४ प्रतिशत बढाई जम्मा १० प्रतिशत कायम गर्ने सहमति गरिएको छ।

जलविद्युत उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई पहिलो पक्षको कम्पनीको शेयरधनी बनाइ सकेपछि दोस्रो पक्षको १० प्रतिशत शेयरको लागि आवेदन दिने प्रक्रिया सुरु गर्ने सहमति भएको छ। दोस्रो पक्षले भोटेकोशी गाउँपालिकालाई सामाजिक उत्तरदायित्व वापत दिदै आएको साबिकको रकममा थप गरि वार्षिक दुई करोड पचास लाख रुपैयाँ दिने भएको छ।

थप सात अर्ब लगानी
२०७२ को भूकम्प र त्यसपछि भोटेकोशी नदीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति भएको थियो। आयोजना विसं २०७४ मा पुनःनिर्माणको काम सुरु भएको हो । आयोजनाको चीनको सिनो हाइड्रो कर्पोरेशनले पुनर्निमाण गरेको थियो। आयोजनाबाट २०७६ पुसदेखि व्यवसायिक बिजुली उत्पादन थालेको हो।

त्यसबेला आयोजनाको बाँध र विद्युतगृह नयाँ बनाइएको छ। आयोजना बनाउन तारा म्यानेजमेन्टले ७ अर्ब रुपैयाँ थप लगानी गरेको छ। यसअघि आयोजना १४ अर्ब रुपैयाँमा निर्माण भएको थियो।

आयोजनाको बाँध, पेनस्टक पाइप, सुरुङलागयत सबै संरचना पहिलाको भन्दा बढी मजवुत बनाइएको छ। आयोजना नदीको बहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको छ। भोटेकोशी नदीमा पानीको वहाव कम हुँदै गएकाले माघमा उत्पादन घटेर १७ मेगावाटसम्ममा झर्ने गरेको छ।

क्यू ४० मा डिजाइन गरिएको आयोजनाबाट वार्षिक २९ करोड ९३ लाख युनिट बिजुली उत्पादन हुने गरेको छ। नेपाल विद्युत प्राधिकरणले आयोजनाको बिजुली डलरमा खरिद गर्दै आएको छ। पहिला ३६ मेगावाटको मात्र पीपीए भएकोमा पछि नौ मेगावाटको बेग्लै भएको छ। नौ मेगावाटको प्रति युनिट १.६२ रुपैयाँमा विद्युत प्राधिकरणले बिजुली किन्दै आएको छ।

२०७२ को भूकम्पले पेनस्टक पाइपमा क्षति पुर्‍याएको थियो। पेनस्टक पाइप बनेपछि २०७३ साउनमा आएको बाढीले पुनः आयोजनाको बाँध संरचना पुर्नुका साथै विद्युतगृहमा क्षति पुर्याएको थियो। आयोजनाको तातोपानीको १० किलोमा रहेको बाँध पूरै क्षतिग्रस्त हुनुका साथै दुई ओटा ढोकासमेत बाढीले पुरिएको थियो। कङ्क्रिट ढलानको बाँधको सडकपट्टिको कमजोर भूभागबाट बाढीले खोलेको थियो। आयोजना नेपाल र चीनको सीमाना तातोपानी भन्सार नजिक छ।

आयोजना सन २००१ देखि सञ्चालनमा आएको हो । अमेरिकाको पाण्डा इनर्जीले निर्माण गरेको थियो। २००६ मा पाण्डाको सबै शेयर नेपालको तारा म्यानेजमेन्टले खरिद गरेको हो । आयोजनाको इजाजत (लाइसेन्स) अवधि ४० वर्षको छ। ९५ प्रतिशत तारा म्यानेजमेन्टको र बाँकी ५ प्रतिशत अमेरिकाको हार्जा इन्टरनेसनल इंकको स्वामित्व छ। आयोजना ७० प्रतिशत बैंकको ऋण र बाँकी ३० प्रतिशत स्वपुँजी (इक्विटी) लगानी भएको थियो।

आयोजनामा विश्व बैंकअन्र्तगतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र डीईजी जर्मनीले ऋण लगानी गरेका थिए। आयोजना सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको तातोपानीमा बाँधस्थल र फुलिङकट्टी झिर्पुमा विद्युतगृह रहेको छ। नेकपा एमालेले राष्ट्रभक्ति देखाउँदा ४०२ मेगावाटको अरुण तेस्रो आयोजनाको अवसानपछि मुलुकमा ऊर्जा संकट टार्न त्यसबेलाको सरकारले भोटेकोशी र ६० मेगावाटको खिम्ती आयोजना विदेशीलाई बनाउन लाइसेन्स दिएको हो।

यि दुई आयोजनासँगै १४४ मेगावाटको कालिगण्डकी ए आयोजना पनि निर्माण सुरु भएको हो। अरुण तेस्रोको क्षमता ९०० मेगावाट बनाएर अहिले भारतीय कम्पनी एसजेबीएन लिमिटेडले आयोजना बनाइरहेको छ।

प्रकाशित: २०८२ असोज २७ गते सोमबार ११:१८
प्रतिक्रिया

थप समाचार

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ: सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८३–२०८७)...

राष्ट्रिय यातायात नीति जारी: सार्वजनिक यातायातलाई पूर्ण विद्युतीय बनाउने

काठमाडौँ: सरकारले मुलुकको यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाउने उद्देश्यका साथ राष्ट्रिय यातायात नीति, २०८३ जारी गरेको छ। मन्त्रिपरिषद्को गत असार २४ गतेको बैठकले स्वीकृत...

भदौदेखि नयाँ बजार व्यवस्थामाथि छलफल हुने, सेबोनले नियमावली तयार गर्दै

बोर्डका अनुसार यी विषयसँग सम्बन्धित नियम, निर्देशिका तथा परामर्शपत्र साउनभित्र तयार गरिने लक्ष्य राखिएको छ। त्यसपछि भदौ महिनादेखि लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी तथा अन्य...

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना