२०८३ कार्तिक १५ गते शनिवार

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, साउन ११
nrb2

काठमाडौँ: नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै बैंक तथा वित्तीय संस्थामा कार्भ–आउट सुविधाले निरन्तरता पाउने वा नपाउने विषयमा चासो बढेको छ।

यसअघि दिइएको कार्भ–आउटको अवधि समाप्त भइसकेकाले अब बैंक तथा वित्तीय संस्थाले पुनः यस्तो सुविधा पाउने हुन् वा नयाँ व्यवस्थाअनुसार अघि बढ्नुपर्ने हो भन्ने विषयमा अन्योल देखिएको हो।

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।

आर्थिक वर्ष २०८२/०८३ को वित्तीय विवरण तयार गर्ने समय सुरु भएसँगै बैंक तथा वित्तीय संस्थाले अब अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने, नेपाल राष्ट्र बैंकमा पेस गर्ने, लेखापरीक्षण गराउने तथा लाभांश वितरणका लागि पूर्वस्वीकृति लिनेलगायतका प्रक्रिया अघि बढाउनुपर्नेछ। त्यसपछि मात्र लाभांश घोषणा र साधारणसभा गर्ने प्रक्रिया पनि अगाडि बढ्नेछ।

यही समयमा कार्भ–आउटको सुविधा निरन्तर हुन्छ कि हुँदैन भन्ने विषयले बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा समेत प्रभाव पार्ने देखिएको छ।

लेखामान बोर्डको निर्णयपछि राष्ट्र बैंकले सर्कुलर जारी गर्ने

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार कार्भ–आउट सुविधा दिने विषयमा नेपाल लेखामान बोर्डबाट निर्णय वा जानकारी आएपछि राष्ट्र बैंकले आवश्यक प्रक्रिया अघि बढाउनेछ।

पौडेलले भने, ‘यसअघि प्रदान गरिएको कार्भ–आउटको अवधि समाप्त भइसकेको छ। अब लेखामान बोर्डले यो सुविधा दिने जानकारी गराएपछि हामीले सर्कुलर जारी गर्छौँ।’

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले कार्भ–आउटको सुविधा नदिए पनि आफूहरू त्यसका लागि तयार रहेको बताएका छन्। उनले भने, ‘यसपटक पनि कार्भ–आउटको सुविधा दिइयो भने धेरैलाई सहज हुन्छ, तर नदिए पनि हामी प्रिपेड छौँ।’

लेखामान बोर्डमा ६ सदस्य मनोनयन हुन बाँकी

लेखामान बोर्डका अध्यक्ष रमेशकुमार धितालका अनुसार बोर्डमा हाल १३ सदस्यमध्ये ७ जना मात्रै छन्। बाँकी ६ सदस्य मनोनयन हुन बाँकी रहेकाले बोर्डले पूर्णता पाउन सकेको छैन।

धितालले भने, ‘हाल समितिमा १३ जना सदस्य हुनुपर्नेमा अहिले ७ जना मात्रै छन्। ६ जना आउन बाँकी छ। सदस्यहरूको मनोनयन भएपछि र नियामक निकायबाट कार्भ–आउटका लागि अनुरोध आएपछि त्यस विषयमा छलफल गरेर निर्णय गरिनेछ।’

उनका अनुसार बोर्डले विगतका पहल, सरोकारवालाबाट प्राप्त सुझाव तथा छिमेकी मुलुकमा अपनाइएका अभ्यासहरूको अध्ययन गरेर उपयुक्त निर्णय लिनेछ।

धितालले बैंक तथा वित्तीय संस्थामा क्रेडिट लस क्याल्कुलेसनसँग सम्बन्धित विषयमा कार्भ–आउटको आवश्यकता देखिएको पनि बताएका छन्। विशेषगरी लघुवित्त क्षेत्रमा यस्तो सुविधा माग भइरहेको उनको भनाइ छ।

गभर्नर र लेखामान बोर्ड अध्यक्षबीच पनि छलफल

यसैबीच बोर्डका अध्यक्ष धिताल राष्ट्र बैंकका गभर्नर प्राडा. विश्वनाथ पौडेलबीच बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित लेखामान, सस्टेनेबिलिटी रिपोर्टिङ तथा वित्तीय रिपोर्टिङका समसामयिक विषयमा छलफल भएको छ।

भेटका क्रममा बैंक तथा वित्तीय संस्थामा एक्सपेक्टेड क्रेडिट लस (ईसीएल) मोडेल र इफेक्टिभ इन्ट्रेस्ट रेट (ईआईआर) मेथड कार्यान्वयनको तयारीबारे छलफल भएको थियो।

त्यस्तै, आईएफआरएस सस्टेनेबिलिटी डिस्क्लोजर स्ट्यान्डर्ड (एस–१ र एस–२) कार्यान्वयन रणनीति, आगामी अकाउन्टिङ स्ट्यान्डर्डहरू चरणबद्ध रूपमा लागू गर्न तयार गरिने रोडम्याप तथा सीमित प्राविधिक जनशक्तिका कारण ‘क्लास डी’ का संस्थाले भोगिरहेका चुनौतीबारे पनि छलफल भएको बताइएको छ।

त्यसैगरी, स्टेज–३ ऋणमा ब्याज आम्दानीको पहिचान, ईसीएल प्रोभिजनको राइट–ब्याकसँग सम्बन्धित कर प्रभाव तथा यी विषयमा बोर्ड र राष्ट्र बैंकबीच आवश्यक समन्वयका विषयमा समेत विचार आदानप्रदान भएको थियो।

छलफलका क्रममा बैंक तथा वित्तीय संस्थाका लागि कार्भ–आउटको व्यवस्थाबारे समेत कुराकानी भएको थियो।

के हो कार्भ–आउट?

कार्भ–आउट भन्नाले नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अन्तर्गत लागू गर्नुपर्ने केही व्यवस्था तत्काल कार्यान्वयन नगरी निश्चित समयका लागि त्यसको कार्यान्वयन पछि सार्ने सुविधा हो। यस्तो सुविधा उपलब्ध गराउँदा बैंक तथा वित्तीय संस्थालाई नयाँ लेखामानअनुसार वित्तीय विवरण तयार गर्न थप समय मिल्छ।

कार्भ–आउटको व्यवस्थाले विशेषगरी बैंक तथा वित्तीय संस्थाको प्रोभिजनिङ, नाफा तथा लाभांश वितरण क्षमतामा प्रभाव पार्न सक्ने भएकाले यसको निरन्तरता बैंकिङ क्षेत्रका लागि महत्वपूर्ण मानिन्छ।

सरकारको निर्णय पनि महत्वपूर्ण

यसपटक कार्भ–आउट सुविधा पाउने वा नपाउने विषयमा बोर्डसँगै सरकारको भूमिका पनि महत्वपूर्ण हुने देखिएको छ। बोर्डमा ६ सदस्य मनोनयन हुन बाँकी रहेकाले त्यसको पूर्णताका लागि सरकारले सदस्य मनोनयन गर्नुपर्ने अवस्था छ।

बोर्डले पूर्णता पाएपछि नियामक निकायबाट प्राप्त सुझाव तथा अनुरोधका आधारमा कार्भ–आउटका विषयमा छलफल हुन सक्नेछ। त्यसपछि बोर्डको निर्णय वा सिफारिसका आधारमा आवश्यक प्रक्रिया अघि बढ्ने देखिन्छ।

त्यसैले अहिले बैंक तथा वित्तीय संस्थाको मुख्य चासो यसपटक पनि कार्भ–आउट सुविधा पाइने हो कि नयाँ व्यवस्थाअनुसार वित्तीय विवरण तयार गर्नुपर्ने हो भन्नेमा केन्द्रित छ।

यसको निर्णयले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र अन्ततः सेयरधनीलाई वितरण गर्न सकिने लाभांशमा समेत प्रभाव पार्न सक्ने भएकाले आगामी निर्णयलाई बैंकिङ क्षेत्रले चासोपूर्वक हेरिरहेको छ।

प्रकाशित: २०८३ साउन ११ गते सोमबार ०७:२४
प्रतिक्रिया

थप समाचार

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...

कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयरपूँजी १ प्रतिशतमा झारिएको विवरण पुनः सार्वजनिक

काठमाडौँः समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना सेयरधनीको सेयरपूँजी घटाइएको विवरण आज सार्वजनिक गरिएको छ। नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले यसअघि नै सम्बन्धित सेयरधनीहरूको...

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...

सुदूरपश्चिममा बैंकको ऋण लगानी कैलाली र कञ्चनपुरमा केन्द्रीत, अन्य ७ जिल्लामा न्यून

काठमाडौँः सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह सुस्त रहेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक अध्ययन प्रतिवेदनअनुसार प्रदेशमा बैंक तथा वित्तीय...

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना