काठमाडौँ: कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यले मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
बैंकको गत शुक्रवार सम्पन्न १९ औँ वार्षिक साधारणसभाबाट सञ्चालकमा निर्वाचित आचार्यलाई सोही दिन बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा चयन गरेको थियो। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा निर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंकसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सत्यन्द्र तिमिल्सीना, विकास बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
बैंकको शुक्रबार सम्पन्न १९ औं वार्षिक साधारणसभावाट संस्थापक समूहअन्तर्गत सुदीप आचार्य, भीमप्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहअन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका थिए।


