काठमाडौं। नेपालमा कम्पनीहरुको शाख निर्धारण (रेटिङ) सेवा दिँदै आएको केयर रेटिङस नेपाल लिमिटेडले सेयरधनीलाई आकर्षक लाभांश दिने भएको छ। कम्पनीले सेयरधनीहरुलाई ६० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।
लाभांश प्रस्ताव पारित गर्न केयरले आउँदो कात्तिक ३० मा नर्वौं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुले नगद लाभांश पाउनेछन्।
सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै सञ्चालक नियुक्ति गर्ने भएको छ।
केयरले बैंकबाट ऋण लिने र प्राथमिक सेयर (आईपीओ) जारी गर्ने कम्पनीहरुको रेटिङ गर्दैै आएको छ। सरकारले पनि ५० करोड रुपैयाँ बढी ऋण लिने कम्पनीको रेटिङ गर्नुपर्ने व्यवस्था गरेपछि नेपालमा साख निर्धारण गर्ने कम्पनीको बिजनेस बढ्दै गएको छ। कम्पनीमा भारतीय कम्पनी केयरको लगानी रहेको छ।


