काठमाडौं। स्थानीय बजारमा दिनहुँ सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्र्दै आएको छ। यसैगरी बिहीबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ।
सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर दुई लाख ५० हजार ९०० सय नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाई छ। बुधबार सुन प्रतितोला दुई लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार सुनको झैं चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेको छ। चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ। बुधबार चाँदी तोलाको तीन हजार २४० रुपैयाँमा कारोबार भएको थियो।
