२०८३ साउन १३ गते बुधबार

डलरलगायत प्रमुख मुद्रा कमजोर बन्दै,सुन ‘रिजर्भ करेन्सी’बन्न लागेको हो?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ३०
Gold Shop Newroad.-2127

काठमाडौं। अहिले विश्व बजारमा सुनको मूल्यवृद्धि चिन्ताको विषय बनेको छ। सुनको भाउ बढेर दिनहुँ नयाँ रेकर्ड कायम भइरहेका छन्। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर बढेर प्रतिऔंस ४२ सय ३९ डलरसम्म पुगेको छ। यो हालसम्म कै उच्च मूल्य हो।

सुनलाई रिजर्भ करेन्सी (सञ्चित मुद्रा) मानेर लगानीकर्ताले लगानी बढाएपछि मूल्य बढ्दा यसको असर विश्व बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन्।

नेपाल क्लिक्ससँग कुरा कुरा गर्दै उनले भने “पहिला सुनलाई सुरक्षित लगानीको क्षेत्रको रुपमा लिइँदै आएकोमा अब रिजर्भ करेन्सीको मानेर सञ्चिती बढाउन थालिएको छ” उनले भने “पहिला सम्पत्ति बचाउन सुरक्षित क्षेत्र ठानेर लगानी गरेको पाइन्थ्यो। अहिले पैसाको रुपमा लिएर सुनलाई सञ्चिती हुन थालेको छ।”

अहिले विश्वमा डलर, युरो, पाउन्ड र युआनलगायत सबै मुद्रा कमजोर भएका छन्। मुद्रा कमजोर हुन थालेपछि सुन करेन्सीको रुपमा प्रयोग हुन थालेको जानकारी आएको उनले बताए।

“अब डलर, रुबल र युआन राखेर भएन सुनै चाहियो भन्ने कुरा आएको छ। पहेंलो धातु सुन मात्र हो भन्ने सोच आम जनमानसमा पुगेको छ” उनले भने।

अहिले अमेरिकामा ब्याजदर घटिरहेको छ भने मूल्यवृद्धि उकालो लागिरहेको छ। यसलाई नियन्त्रण गर्न बैंकको ब्याजदर घटाउनु पर्ने कुरा आएको उनले सुनाए। लगानीकर्तामाझ डलर, पाउन्ड, युआनलगायत मुद्रामाथि विश्वास घट्दै गएपछि सुनको मूल्य बढेको उनको तर्क छ। सुनको भाउ अझै बढ्ने अनुमान गरिएको छ।

बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर दुई लाख ५० हजार ९०० सय पुगेको महासंघले जनाएको छ। सुनको यो मूल्य हालसम्मकै उच्च हो। बुधबार सुन प्रतितोला दुई लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार सुनको झैं चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेको छ। चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलाको तीन हजार २४० रुपैयाँमा कारोबार भएको थियो।

निरन्तर सुनको मूल्य बढ्न थालेपछि स्थानीय बजारमा सुनको कृत्रिम अभाव देखिएको छ। अहिले बजारमा सुन पाउन छाडेको महासंघका पूर्वअध्यक्ष शाक्य बताउँछन्। सुनको भाउ उकालो लागेपछि बजारमा सुनसान देखिएको छ। गत साता नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएर २५ किलो पुर्याएको छ। वाणिज्य बैंकले दैनिक २० किलो आयात गर्दै आएका थिए।

राष्ट्र बैंकले एकीकृत परिपत्र–२०८१ मा संशोधन गरेर आयात गर्न सकिने सुनको दैनिक परिमाण २५ केजी बनाएको हो। यस्तो सुन नेपाल बैंकर्स संघको सिफारिसमा वाणिज्य बैंकहरूले मात्र आयात गर्न सक्नेछन्।

सुनचाँदी व्यवसाय गर्ने व्यवसायीले चाँदीका गरगहना, कलात्मक वस्तु आदि बनाउन औद्योगिक कच्चा पदार्थको रूपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा एकपटकमा तीन लाख डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था रहेको छ।

व्यवसायीले चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

प्रकाशित: २०८२ असोज ३० गते बिहिबार ११:३०
प्रतिक्रिया

थप समाचार

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ: सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८३–२०८७)...

राष्ट्रिय यातायात नीति जारी: सार्वजनिक यातायातलाई पूर्ण विद्युतीय बनाउने

काठमाडौँ: सरकारले मुलुकको यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाउने उद्देश्यका साथ राष्ट्रिय यातायात नीति, २०८३ जारी गरेको छ। मन्त्रिपरिषद्को गत असार २४ गतेको बैठकले स्वीकृत...

भदौदेखि नयाँ बजार व्यवस्थामाथि छलफल हुने, सेबोनले नियमावली तयार गर्दै

बोर्डका अनुसार यी विषयसँग सम्बन्धित नियम, निर्देशिका तथा परामर्शपत्र साउनभित्र तयार गरिने लक्ष्य राखिएको छ। त्यसपछि भदौ महिनादेखि लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी तथा अन्य...

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना